
५ फागुन, काठमाडौ । समाज कल्याण परिषद्का पदाधिकारीले ३३ झोले एनजीओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ता निकासा दिन मन्त्रीले दबाब दिएकी छन् । महिला बालबालीका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको दबाबपछि परिषद्का कर्मचारी अप्ठेरोमा छन् । उनी परिषद्की अध्यक्ष पनि हुन् ।
एनले गत शुक्रबार परिषद्का विभागीय प्रमुखलाई आफ्नो कार्यकक्षमा बोलाएर रकम दिन दबाब दिएकी थिइन् । पहिलो किस्ता तत्काल उपलब्ध गराउन मन्त्रीले निर्देशन दिनुभएको छ, स्रोतले भन्यो । त्यस्ता एनजीओलाई अनुदानको पहिलो किस्ताबापत ४९ लाख ८७ हजार ५सय रुपैयाँ वितरण भइसकेको छ । आइतबारको अन्नपुर्ण पोस्ट दैनिक गोविन्द लुइँटेलले लेखेका छन् ।