back

एक सातादेखि टेलिफोन अवरुद्ध

वि.सं.२०७५ फागुन ५ आइतवार

402 

shares
GLOBAL IME AD
NTC AD

५ फागुन, मार्तडी । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशमा मुगु दुई र हुम्लाको एक स्थानीय तह गरी सात स्थानीय तह एक सातादेखि सञ्चारविहीन बनेका हुन् । हिमपातसँगै चट्याङले टावरमा क्षति पुयाएपछि एक सातादेखि सञ्चारविहीन बनेको नेपाल टेलिकम बाजुरा शाखाका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार बडीमालिका नगरपालिका–७ मा पर्ने कालाजाग्रामा रहेको टावर बिग्रेका कारण सञ्चारबिमुख बनेका हुन् । उत्तरी भेगका चार स्थानीय तह सञ्चार सेवाबाट पूर्णरुपमा बिमुख बनेका छन् । त्यस्तै हुम्लाको ताक्लाकोट गाँउपालिका, मुगुको खत्याड गाउँपालिका पनि सञ्चारसेवा छैन् ।

कालाजाग्रामा हिउँ भएकाले कर्मचारी जान नसक्ने अवस्था भएकाले केही दिनमा पुगेर टावरको अवस्था बुझी चाँडै सञ्चालनमा ल्याउने टेलिकम शाखाको भनाइ छ । अहिले पनि हिमपात नरोकिएका कारण टावर मर्मतका लागि उक्त क्षेत्रमा जान समस्या भएको छ ।

सात स्थानीय तह नै सञ्चारविहीन भएपछि सूचना आदनप्रदान गर्न समस्या आएको बूढीनन्दा नगरपालिका नगरप्रमुख पदमकुमार गिरीले बताए ।
त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको आँटीचौरमा रहको टावरमा पनि चट्याङ पर्दा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

विद्यालयलाई सोलार हस्तान्तरण

बाजुराको बडीमालिका नगरपालिका–१ सल्येनामा रहेको जैसीडाँडा आधारभूत विद्यालयलाई एक कार्यक्रमका बीच नगर उपप्रमुख कविता विष्टले सोलार हस्तान्तरण गरेका छन् ।

विद्युत पहँुचबाट टाढा रहेको उक्त विद्यालयलाई सल्लेना सामुदायिक वनको आर्थिक सहयोगमा उक्त सोलार प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए । सामुदायिक वनले विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सहयोग पुग्ने भएकाले वनले सोलार दिएको वनका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए । सामुदायिक वनबाट रु एक लाख २० हजार र विद्यालयको रु ९० हजार गरी रु दुई लाख १० हजारमा सोलार खरीद गरी हस्तान्तरण गरिएको हो ।

वर्षौंदेखि अँध्यारोमा बस्दै आएका ९५ परिवार सल्येनाको बस्तीमा छिट्टै विद्युत् सेवा सञ्चालन गर्न नगरपालिकाले पहल थालेको छ ।
रकम हस्तान्तरण
यहाँस्थित गौमुल गाउँपालिका–५ मानाकोटका गरीब तथा असहाय दुई जनालाई शनिबार नगदसहित रकम हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका सोही गाउँपालिकाका देशी बुढालाई बिरामीको उपचारका लागि रु ३२ हजार ६८ र शिव रोकायालाई खुट्टा भाँच्चिएको उपचारका लागि रु १२ हजार ९६० सहयोग गरिएको हो ।

मिडिया बडिमालिका खबरको समन्वय तथा पहलमा रोजगारीको सिलसिलामा भारत गएका बेला दुर्घटनामा परेका बुढालाई विभिन्न ठाउँबाट रकम सङ्कलन गरी गरीब तथा असहायलाई गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले हस्तान्तरण गरेका मिडिया हाउसका सहसम्पादक लक्ष्मीराज पाध्यायले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार बुढालाई सुदूरपश्चिम समाज भारत रानीबागले रु ३२ हजार ६० सहयोग गरेको हो । शिव रोकायाको उपचार भइसकेपछि उपचार अभियानमा विभिन्न ठाउँबाट सङ्कलन गरिएको बचत रकम रु १२ हजार ९६० पनि शिव रोकायालाई नै प्रदान गरिएको छ ।

बाजुरामा पछिल्लो समयमा गरीब तथा असहायलाई सहयोग गर्दै आएको पत्रकार महासङ्घ बाजुराका जिल्ला अध्यक्ष तथा सामाजिक अभियन्ता प्रकाश सिंहको पहलमा उक्त सहयोग रकम सङ्कलन गरिएको थियो । अहिलेसम्म गरेका राम्रा कामको मूल्याङ्कन गर्दै आउने दिनमा समेत यस्तै काम गर्न गैरसरकारी महासङ्घ केन्द्रीय सदस्य काशी विकले कार्यक्रममा सुझाव दिएका छन् । राम्रो कामका लागि आफ्नो गाउँपालिका तथा आफू निरन्तर लागिरहने गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

वि.सं.२०७५ फागुन ५ आइतवार ०९:२९ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...