Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

१८ वर्षे सनिमको ‘द भ्यालेन्टाइन’ बजारमा



५ फागुन, काठमाडौं । धरानका १८ वर्षे युवा सनिम जोशीले ‘द भ्यालेन्टाइन’ नामक उपन्यास बजारमा ल्याएका छन् ।
शनिबार राजधानीको सर्बनाम थियटरमा जमुना जोशीको सभापतित्वमा आयोजित विमोचन कार्यक्रममा प्रमुख अतिथि साहित्यकार राजन मुकारुङ र अतिथिहरु ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी, पत्रकार तथा लेखक धनराज वास्तविक, सोलिडारिटी ट्रष्टकी अध्यक्ष तथा ऐक्यबद्धता मासिककी प्रबन्ध सम्पादक चन्दा थापा (चन्द्रिका) ले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि मुकारुङले युवापुस्ताहरु प्रेमलाई आधार बनाएर नेपाली साहित्यमा प्रवेश गरेको बताउदै अहिलेका युवाहरुले सामाजिक न्यायको सन्दर्भमा पनि कलम चलाउनुपर्ने बताए ।

उनले देशमा राजनीतिक परिवर्तन भएपनि सामाजिक चिन्तन र तौरतारिका त्यस्तै रहेकाले त्यसलाई परिवर्तनका लागि युवा पुस्ता अगाडि आउन जरुरी रहेको बताउँदै निर्मला पन्तहरुका न्यायका लागि सनिम जस्ता युवाहरुको कलम चल्न जरुरी रहेको बताएका थिए ।
त्यस्तै अर्का अतिथि निलकण्ठ तिवारीले सनिमको उपन्यासमा मातृप्रेम, माटो प्रेम, देशको पर्यटन प्रेम, नेपाली संस्कार र संस्कृति झल्किएको बताउदै माटो प्रेम र मातृमोहले राष्ट्रपर्ति समर्पित हुन सिकाएको बताए ।

तिवारीले प्रेममा अमर हुने चाहना राख्ने थुप्रै युवापुस्तालाई लेखकले उपन्यामार्फत् नयाँ सन्देश दिन खोजेको बताउँदै भने, ‘नेपाली युवाहरु कलिला उमेरका मन मष्तिष्कका जो प्रेमलाई आदर गर्ने तथा प्रेममा अमर हुने ठूलो युवा पंक्ति छ, तिनलाई जीवन ध्वस्त हुने चिज होइन, भनेर उपन्यासमार्फत् नयाँ सन्देश दिन खोजेका छन् ।’

त्यस्तै सोलिडारिटी ट्रष्टकी अध्यक्ष चन्दा थापा चन्द्रिकाले लेखकलाई बधाई दिदैं लेखिका आमा चन्द्रा जोशीको पदचाप पछ्याउँदै छोराले पनि नेपाली साहित्यमा एउटा इटा थपेर गुन लगाएको बताउँदै आगामि दिनमा शसक्त लेखनमा कलम अगाडि बढोस् भन्ने शुभकामना दिएकी थिइन् ।

अर्का लेखक तथा पत्रकार धनराज वास्तविकले सनिमको ‘द भ्यालेन्टाइन’ ले दिन खोजेको सन्देश के हो भन्ने खोजेर पढ्न तथा पाठक स्वयं लेखक भएर मनन गर्नुपर्ने बताउँदै  प्रेमलाई रचनात्मक तरिकाबाट हेरिएको तथा कवितात्मक शैलिमा लेखिएको पुस्तक रहेको बताए । उनले १८ वर्षको उमेरमै यति उत्कृष्ठ उपन्यास लेख्न सफल भएको भन्दै लेखकलाई बधाई दिएका थिए ।

लेवनानमा रहेकी साहित्यकार तथा समाजसेवी चन्द्रा जोशीका छोरा लेखक सनिमले भर्खरै बजारमा आएको आफ्नी आमाको उपन्यास ‘ऋतु’ ले मन मष्तिस्कमा डेरा जमाएको बताउँदै जीवन, शब्द, भाका र शैलीलाई अथ्र्याउँदै मनभित्र अचानक एउटा कल्पना फुटेको र त्यसले ‘द भ्यालेनटाइनको स्वरुप लिएको बताएका थिए ।

चर्चित रेडियो कार्यक्रम बुलबुलका कार्यक्रम संयोजक तथा बुलबुल पब्लिकेशनका प्रमुख अच्युत घिमीरेको स्वागत मन्तव्य, शुभद्रा ढकालको संचालन रहेको उक्त विमोचन कार्यक्रमको समापन कार्यक्रमकी सभापति तथा लेखककी हजुरआमा जमुना जोशीले गरेकी थिइन् ।

प्रेममा आधारीत रहेर लेखिएको उक्त उपन्यासको प्रकाशक ए.डी.बी पब्लिकेशन ,वितरक बुलबुल पब्लिकेशन रहेको छ भने पुस्तकको बजार मूल्य ३०० रुपैयाँ रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय