back
CTIZAN AD

अमेरिका, चीन व्यापार सम्झौता गर्न इमान्दार छन् : विज्ञ

वि.सं.२०७५ फागुन ५ आइतवार

846 

shares

५ फागुन, न्यूयोर्क, संयुक्त राज्य अमेरिका । सिन्ह्वा व्यापार विवादबारे चीनमा भएको वार्ता पछिल्लो चरणको वार्ता सकिएसँगै अमेरिकी व्यापार विज्ञहरूले संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार सम्बन्धमा सम्झौता गर्न प्रेरित देखिएको प्रतिक्रिया शनिबार दिएका छन् ।

“यो प्रष्ट भएको छ कि दुई पक्षबीच विस्तारै तर विधिसम्मत तरिकाले प्रगति भएको र मुलभूत एवम् सहायक बिषयहरूमा यस हप्ता पुनः वाशिङटनमा वार्ता हुने प्रसङ्गले दुवै मुलुक व्यापार सम्झौताप्रति प्रतिबद्ध देखिएका छन्,” वाशिङ्टनस्थित ‘इन्स्टिच्यूट फर चाइना–अमेरिका स्टडिज’ का वरिष्ठ विचारक सौरभ गुप्ताले भनेका छन् ।

गुप्ताले चिनियाँ समाचार संस्था सिन्ह्वालाई भने, “चीनमा भएको वार्ता लगत्तै आगामी हप्ता अमेरिकामा छलफल गर्ने सहमति गर्नु वार्ताकारको विवादलाई छिट्टै टुङ्गोमा पु¥याउने इमान्दार प्रयत्न हो र यसबाट दुवैपक्ष छलफलप्रति सकारात्मक बनेको बुझ्न सकिन्छ ।”

“चीन र अमेरिका व्यापार विवादका कारण सन् २०१८ मा दुवैले अर्काको सामान आयातमा गरेको कर वृद्धिबाट आर्थिक पीडामा परेको अनुभूति गरेका छन्,” बैंक अफ अमेरिका मेरिल लिन्चका विश्व अर्थतन्त्र अनुसन्धान कार्यक्रमका प्रमुख इथान ह्यारिसले भनेका छन् ।

गुप्ताले भने, “दुवै पक्ष अझै वार्तामा संलग्न छन् तर यसले विशेष चर्चा नपाउनुमा अमेरिकामा केही सञ्चारमाध्यमले वार्तालाई छायामा पार्ने प्रयत्न गरेका कारण वार्तामा देखिएका सकारात्मक विषयहरू चर्चामा आउन नसकेका हुनसक्छन् ।”

“व्यापार वार्ताबारे मेरो दृष्टिकोण के छ भने अहिले तिनीहरू छिद्रान्वेशी अवस्थामा छन् । हामीले तिनीहरूलाई सम्भावित गल्ती हुनबाट बचाउन विभिन्न अवस्थामा सुक्ष्म अध्ययन गर्नुपर्छ । सम्भवतः मार्चको अन्तिमसम्म सम्झौता हुन्छ ।”

चीन तथा अमेरिकाबीच यस हप्ताको बिहीबार र शुक्रबार छैटौँ चरणको उच्चस्तरीय आर्थिक तथा व्यापार परामर्श बैठक सम्पन्न भएको छ । चीन र अमेरिका दुवैले अर्को हप्ता वाशिङटनमा भेट्ने सहमति भएको बताइसकेका छन् ।

वि.सं.२०७५ फागुन ५ आइतवार १०:५४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...