back
CTIZAN AD

बाढी प्रतिकार्य कार्यक्रमको समिक्षा  बैठक सम्पन्न

वि.सं.२०७५ फागुन ५ आइतवार

675 

shares

५ फागुन । हरेक विपद् आफैमा दुखद घटना हो तर त्यसको प्रतिकार्य आफैमा एउटा खुला प्रयोगशाला बन्न जान्छ र देश र सँस्थाले केही सिकिरहेको पनि हुन्छ । सन् २०१७ को अगष्टमा नेपालको मध्य र पूर्वी तराईमा गएको बाढी पश्चात रेडक्रसबाट सञ्चालन गरिएको अनुक्रिया flood response operation को समीक्षा वैठकको क्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भने, समीक्षा  बैठक फागुन ३ मा सम्पन्न भएको थियो   ।

नेपाल रेडक्रस राष्ट्रिय विपद तथा सँकट समितिका सभापति मनोज थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वाढी प्रतिकार्य कार्यक्रम सञ्चालन भएका जिल्ला शाखाहरुका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्टिय समिति तथा अन्तर्राष्टिय महासँघ लगायत साझेदार राष्टिय सोसाइटी र डिएफआइडीका प्रतिनिधिहरु तथा नेपाल रेडक्रसको नेतृत्व र कार्यक्रम कार्यान्वयनमा सँलग्न महानुभावहरु सहभागी भएका थिए ।

सो बाढीबाट १ सय ४९ जनाको ज्यान गएको थियो भने १७ लाख मानिसहरु प्रभावित भएका र ६४ हजार ९ सय घर भत्केका थिए । विपद् व्यवस्थापन विभागका उपनिर्देशक रुद्र अधिकारीले पहिलो चरणमा प्रभावित ३१ वटै जिल्लामा तत्काल उद्धार राहतमा रेडक्रसले सहयोग गरेको जानकारी गराँउदै भने, १३ हजार ५ सय १९ परिवारलाई गैरखाद्य सामग्री सेट वितरण गरिएको थियो । त्यतिकै सँख्यामा सरसफाई सामग्री, ७ हजार ८४ परिवारलाई आपत्कालीन आवास, ८ हजार ६ सय परिवारलाई खाद्यान्न र ३३ सय परिवारलाई झुल वितरण गरिएको थियो । दोस्रो चरणको सहयोग अन्तरर्गत सुनसरी, सप्तरी, सिरहा, उदयपुर, महोत्तरी, रौतहट, बर्दिया र झापामा २ वर्षे सहयोग कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रमहरु प्रभावकारी रहेको सूचकहरुले देखाएको आइएफआरसीका नेपाल कार्यालय प्रमुख जुजा किमले बताए ।

flood response operation अन्तरर्गत १६४० परिवारलाई जीविकोपार्जनको लागि नगद सहयोग गरिएको, ५० परिवारलाई घरको लागि जस्तापाता सहयोगका साथै सुरक्षित घर
बनाउन ५ हजार परिवारलाई तालिम दिइएको थियो । त्यस्तै, समुदायमा आधारित स्वास्थ्य सहयोग ४२ हजार ९ सय ७८ जनालाई गरिएको र ११ हजार ७ सय ६८ परिवारलाई झुल वितरण लगायतको सहयोग गरिएको थियो । १२ सय ५६ परिवारको घरमा चर्पी निर्माण गरियो भने ५५ वटा सुधारिएको ट्यूववेल जडान गरिएको सोसाइटीका सञ्चार निर्देशक  दिव्यराज  पौडेलले जानकारी दिएका थिए ।नेरेसोका महामन्त्रि देवरत्न धाख्वाले पहाडी र हिमाली जिल्लाहरुमा गएको भूकम्प र तराईमा गएको वाढीको समयमा काम गर्दा सँस्थाले धेरै अनुभव हासिल गरेको र सिकाईलाई सँस्थागत गर्दै निर्णय प्रकृया, व्यवस्थापन, समन्वय जस्ता विषयमा थप सुधार गरिदै जाने बताए । उक्त कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताए । नेपाल रेडक्रसले भूकम्प प्रतिकार्यबाट सिकेको अनुभव समेतबाट सिकेर तत्काल बाढीग्रस्त प्रभावित क्षेत्रमा गई स्थानीय परिवेशमा समयमै सहयोग गर्न सफल भएका थियौँ ।

वि.सं.२०७५ फागुन ५ आइतवार १२:०४ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...