६ फागुन, काठमाडौ । सुदुरपश्चिममा रहेको छाउडी प्रथाको अन्त्यका लागि केन्द्रदेखी स्थानिय तहसम्म सचेतना जगाउँदै छाउगोठमा बस्न छाड्ने परिवारलाई सम्मान तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने निष्कर्ष संसदीय समितिले निकालेको छ ।
बाजुरामा छाउगोठ बस्दा दुई छोरासहित अम्बा बोहोराले ज्यान गुमाएको घटनासम्बन्धी संसद्को महिला तथा सामाजिक समितिको टोलीले माघ १६ देखी २१ गतेसम्म स्थलगत अध्ययन गरेको थियो । समितिका सदस्य गणेश सिंह ठगुन्न, अमृता थापा, गंगा चौधरी सत्गौवा, विमला नेपाली, रुही नाज मिकरानी, लालबहादुर थापाले स्थलगत भ्रमण गरेका थिए । सो टोलीले आइतबार आफ्नो प्रतिवेदन समितिलाई बुझाएको छ । सोमबारको नागरिक दैनिक बाट ।
वि.सं.२०७५ फागुन ६ सोमवार ०८:३३ मा प्रकाशित