back
CTIZAN AD

समानुपातिक बिकास र उपेक्षित पहाडी-हिमाली भूभाग

वि.सं.२०७५ फागुन ६ सोमवार

603 

shares

हामी समानुपातिक बिकासको कुरो गर्छौ । सम्भाव्यताको सदुपयोग गर्दैनौ । हाम्रो मानसिकता मगन्ते भएको छ समाजसेवा देखि राजनीति सम्म बिदेशीको सहयोगमा गर्ने सोच्छौ भने कसरि हाम्रो राष्ट्रिय एकता स्वाधिनता एबम स्वतन्त्रताको रक्षा गर्न सक्छौ ? कसरि शान्ति सम्वृद्धि र आत्मनिर्भरताको पहुचमा देशलाइ पुर्याउन सक्छौ ?

देशको सम्वृद्धिको लागि वा आत्मनिर्भरताको लागि देशको पुर्ब पश्चिम उत्तर दक्षिण सबै भूभागका नागरिकको समान सुबिधा र बिकासको अधिकार सम्बोधन हुनु पर्छ । आफु जन्मेको माटो मै शिक्षा स्वास्थ्य र रोजगारीको अवसर पाउनु पर्छ तर नेपाली नागरिकहरु त्यो अधिकारबाट बन्चित छन् । राजधानी र शहर मात्र केन्द्रित बिकास निर्माण एबम मानबिय संसाधनको कारण हिमाल पहाड अपेक्षित बिकासबाट बन्चित हुनु परेको छ समयमा उपचार न पाएर सुत्केरी देखि सिटामोल नपाएर जीवनजल न पाएर बार्षिक हज्जारौ महिला बालक बृद्धाहरुले ज्यान गुमाउनु परेको कहाली लाग्दो र अमानविय राज्यको प्रमाण भएको छः हिमाल पहाड मानव शुन्य हुँदै जाँदा प्राकृतिक बातावरणमा समेत नकारात्मक असर परेको हुँदा त्यसको रक्षाको लागि यसै शंदर्भमा मैले एउटा बिषयमा मैले तिन वटा पर्यटन मन्त्रि लाइ लगातार अनुरोध वा सल्लाह सुझाब दिएको थिए । कुनै मन्त्रि वा सचिबबाट सकारात्मक जवाफ समेत आएन भने पछी कार्यान्वयनको कुरो त् टाढा हुनेनै भयो मैले लेखेर दिएको थिएँ ।

१) राष्ट्रको समानुपातिक निर्माणको लागि
२) हिमाली पहाडी क्षेत्रको आर्थिक सम्वृद्धिको लागि
३)  पर्यटन क्षेत्र बिस्तार एबम बिकासको लागि
४) स्थानीय कृषि एबम पशुपालन ब्यबसायमा टेवा दिनुको लागि
५) हिमाल पहाडका नागरिकलाइ शहर र विदेश पलायन हुन् रोक्नको लागि
६) आन्तरिक पर्यटन लाइ थप टेवा पुर्याउनको लागि
७) स्थानीय सरकारलाइ आर्थिक टेवा पुर्याउनको लागि पहाड हिमालमा कर (राजस्व) उठ्ने अन्य खास स्रोत न भएको हुँदा यो एउटा उत्तम बिकल्प हुनेछ ।

क) पहाडी हिमाली क्षेत्र जुन राजधानी भन्दा न्युनतम १०० किमि टाढाको क्षेत्रमा कम्तिमा २ तारे स्तरको होटल खोल्न प्रोत्साहन गरौ र त्यहाँ क्यासिनो संचालन लगायत मनोरन्जनका सम्भावित बिकल्पहरु विकास गरौ र नेपाली लाइ समेत क्यासिनोमा खेल्ने अनुमति दिऊ कारण अहिले नेपाली धनाढ्यहरु गोवा, मकाउ बैङ्कक आदि ठाउमा क्यासिनो खेललाइ लक्षित गरि छुट्टी मनाउन जान थालेका छन् किन त्यो खर्च नेपालमा नै नगराउने रु त्यसको लागि न्युनतम निश्चित आयस्रोतको सिमा तोक्ने र क्यासिनोको परिचय पत्र अनिबार्य बनाउने नियम राख्ने
ख) क्यासिनो संचालन बिशुद्ध नेपालीको लगानीमा गराउने वा क्यासिनोको आम्दानि ९(फाइदाबाट) ३० प्रतिशत स्थानीय स्कुल वा स्वास्थ्य सस्थाको लागि अनिबार्य दिनुपर्ने नीति बनाउने
ग) क्यासिनोमा सबै तहको रोजगारीको प्राथमिकता पारदर्शी रुपमा स्थानीयवासीले नै पाउनु पर्ने
घ) राजधानी र शहरका क्यासिनो लाइ हिमाल पहाडमा स्थानान्तरण गराउने वा नया निर्माण अनुमति दिने नीति बनाउने
ङ्) कृषि (पर्यटन अबधारणा सहित) पशुपालन फलफुल एबम जडिबुटी लाइ ब्यबस्थित ब्यबसयिकरण गर्न ए ए ए अर्थात् पब्लिक प्राइभेट पार्टनरसिप नीति मा राष्ट्रिय संजाल निर्माण गरि उत्पादन भण्डारण निर्यातमुखी बिक्रीवितरण योजना कार्यन्वयन गर्न सके गाउबाट शहर र शहरबाट विदेश पलायन रोक्न सकिन्छः र देशलाइ आत्मनिर्भर बनाउने लगायत स्वरोजगारमा वृद्धि हुन्छ
च) हिमाली पहाडी क्षेत्र लक्षित जडिबुटी उत्पादनसंगै योगशाला एबम आयुर्वेदिक उपचारको लागि बिदेसीहरुलाइ आकर्षित गर्ने सुबिधा सम्पन्न केन्द्रहरु सातै प्रदेशमा निर्माण गर्नुपर्छ ।
छ) यसो गर्दा एक त हिमाल पहाडको आर्थिकस्तर बढाउन कोषेढुङ्गा साबित हुन्छ दोस्रो बिदेशी पर्यटक हरुको बसाइ लम्ब्याउने बिकल्प बढ्छ । बिस्वमा कुनै पनि त्यस्तो देश छैन जहाँ आफ्नै देशको नागरिकलाई आफ्नो कमाइ आफूखुसी खर्च गर्न पाउने अधिकारबाट बन्चित गरिएको छ । नेपालमा मात्र किन ?  यस्तो नियम परिबर्तन हुनुपर्छ ।

वि.सं.२०७५ फागुन ६ सोमवार ०९:१० मा प्रकाशित

Himalayan Life AD