back

गाँजा सङ्कलक पक्राउ

वि.सं.२०७५ फागुन ६ सोमवार

372 

shares
GLOBAL IME AD
NTC AD

६ फागुन, सिन्धुली ।  गाँजा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिकाका करिब ४७ वर्षीय जगदेव माझी, ४६ वर्षीय मागर माझी, ४५ वर्षीय ढोडा माझी, ४० वर्षीया भगवती माझी, ३७ वर्षीया रोहनी माझी, ३५ वर्षीया लालमती माझी, ३६ वर्षीया टैती माझी र ३२ वर्षीया कुसुनी माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

केही दिनअघि क्यानेश्वर आएर गाँजा प्रशोधनका लागि गाँजा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिएका थिए ।

उनीहरुको साथबाट ३३८ बोट गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा लगाइएको अवैध गाँजा प्रहरीले केही समयअघि फडानी गरेका गाँजा सङ्कलन गर्न उनीहरुको टोली यहाँ आएको उनको भनाई छ ।

प्रहरीले गाँजा फडानीपछि नष्ट गर्नुपर्ने केही गरियो, हरियो भएकाले पूरै नष्ट गर्न सकेका थिएनांै, नष्ट हुन नपाएका गाँजा खोजी गर्दै उनीहरुले सङ्कलन गरेको पाइयो प्रहरी नायब उपरीक्षक थापाले भने ।

गाँजा सङ्कलनका विषयमा आवश्यक अनुसन्धान जारी रहेको र पक्राउ परेका सबै विरुद्ध मुद्दा चलाइने उनको भनाइ छ ।

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाएको अवैध गाँजा फँडानी गर्न प्रहरीले मङ्सिर १ गतेदेखि अभियान नै चलाएको थियो । अभियानका क्रममा १२१ बिगाहाको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

वि.सं.२०७५ फागुन ६ सोमवार १४:४४ मा प्रकाशित

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन...

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...