back

राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश

वि.सं.२०७५ फागुन ६ सोमवार

417 

shares
GLOBAL IME AD
NTC AD

६ माघ, काठमाडौ ।   राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन गरेका आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहकाबीच राष्ट्रपति भण्डारी समक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन पेश गरेको हो ।

नेपालको संविधानको धारा १५९ को उपधार ९१० मा भएको व्यवस्थाअनुसार महान्यायाधिवक्ता कार्यालयले प्रत्येक वर्ष संविधान र सङ्घीय कानून बमोजिम आफूले सम्पादन गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

वार्षिक प्रतिवेदनमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयबाट सम्पादन भएका काम कारवाहीको विस्तृत विवरण, स्रोत साधनको अवस्था, भौतिक स्थिति, कार्यरत् जनशक्तिको विवरणसहित महत्वपूर्ण काम समेटिएको छ ।

यस आर्थिक वर्षमा नेपाल सरकार वादी मुद्दा चलाउने गरी निर्णय भएका २९ हजार २३० र प्रतिवादी ५८ हजार ५३९ मुद्दा रहेका छन् । महान्यायाधिवक्ता तथा मातहतका सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको सङ्ख्या ८० हजार ७७ रहेको छ । यो गत आर्थिक वर्षको भन्दा ६ दशमलब ९८ प्रतिशतले बढी हो ।

प्रतिवेदनमा सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएको मुद्दा ६५ हजार ५२७ रहेको छ । यो गत आवको भन्दा चार हजार ६०९ अर्थात् सात दशमलव ५७ प्रतिशतले बढी हो ।

विगत पाँच आर्थिक वर्षमा सरकारी वकिलले प्रतिनिधित्व र प्रतिरक्षा गरेको मुद्दा, रिट तथा निवेदनको सङ्ख्य ६५ प्रतिशतले वृद्धि भएको र सो अनुसार कार्यसम्पादनमा जनशक्तिको वृद्धि हुन नसक्दा कार्य सम्पादनमा प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ ।

वि.सं.२०७५ फागुन ६ सोमवार १४:५० मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...