
६ फागुन, काठमाडौं । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराईको मृत्यु भएको छ ।
भट्टराइको आज (सोमबार) दिउँसो उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको ओखलढुंगाका पुराना बामपन्थी नेता लोककृष्ण भट्टराईले संसारन्युजलाई जानकारी दिएका छन् ।
उनको आजै दाहसंस्कार गर्ने सम्भावना रहेको पनि भट्टराईले जानकारी दिएका छन् ।
गत माघ १२ गते कर्मचारी मिलन केद्र बाराले आयोजना गरेको पिकनिकमा गएर फर्किएका सिडिओ, एसपी सहितको ना १ झ १६३३ को स्कापिर्यो जिप रोकिराखेको ट्याक्टरसँग ठक्कर खाँदा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो भने सिडियो सहित अन्य ४ जना घाईते भएका थिए ।
दुर्घटना लगत्तै उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएका सिडिओ अचेत अवस्थामा थिए । उनको दुर्घटना भएको २३ दिनको दिन अचेत अवस्थामै मृत्यु भएको हो ।
त्यस्तै सोहि दुर्घटनामा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल पनि घाइते भएका थिए ।
वि.सं.२०७५ फागुन ६ सोमवार १५:३५ मा प्रकाशित