
७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि नीति, विधि र पद्दतिको माग गर्दै आएका नेता नारायण शर्माले प्रजातन्त्र दिवसकै दिन नयाँ विद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।
आज (फागुन ७) प्रजातन्त्र दिवसका दिन नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता शर्माले आप्नो मत राख्दै सामाजिक संजाल फेसबुकमा भनेका छन्,‘आफूलाई प्राप्त शक्ति, सत्ता र भत्ताको मोह र मातले उन्मत्त, अहंकारी र अन्धा भएमा जनअसन्तुष्टि, आक्रोश, विरोध र प्रतिरोध विगतमा जस्तै, अझ भनौं झन् भयङ्कर रुपमा प्रकट हुने र प्राप्त उपलब्धीहरु पनि गुम्ने वा पुनः अर्को भयानक विद्रोह हुने राजनीतिक शास्त्रको यो सामान्य नियम र आफ्नै अनुभवहरुलाई समेत हृदयंगम गरी होशियारी र जिम्मेवारीपूर्वक कदमहरु चाल्न सन्बन्धित सबै शक्ति र सत्ताधारीहरुलाई विशेष आग्रह गर्नु आफ्नो यति बेलाको ठोस कर्तव्य र गहन जिम्मेवारी हो भन्ने लाग्दछ ।’
वि.सं.२०७५ फागुन ७ मंगलवार १०:३१ मा प्रकाशित