back

चाम्लिङ राईको वंशावली सार्वजनिक

वि.सं.२०७५ फागुन ८ बुधवार

375 

shares
GLOBAL IME AD
NTC AD

८ फागुन, खोटाङ । देशविदेशमा छरिएर रहेका चाम्लिङ राई (राखमीहँछा)ले आफ्नो वंशावली तयार गरेका छन् ।

लामो समयदेखि वंशावली खोज तथा निर्माण कार्यमा जुटेको किरात राई चाम्लिङ (राखमीहँछा) वंशावली प्रकाशन समितिले खोटाङको नुनथलामा आफ्नो वंशावली लोकार्पण गर्दै खुशियाली मनाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लालाई ऐतिहासिक तथा उद्गम थलो मान्ने राखमीहँछा पाछाका चाम्लिङ राईले २०४० सालदेखि लिखित दस्तावेज सङ्कलन गर्दै २०६९ साल भदौ ८ देखि औपचारिक रूपमा वंशावली खोज तथा निर्माण शुरु गरेको थियो । लामो समयको मिहिनेतपछि निर्माण तथा प्रकाशन गरेको वंशावलीलाई नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणदेवी राई लगायतले लोकार्पण गरेका हुन् ।

कार्यक्रममा हङकङ, बेलायत, भारत तथा देशका विभिन्न जिल्लामा रहेका राखमीहँछा पाछा सामेल भएको गीतकार तथा साहित्यकार टीका चाम्लिङले बताए । कार्यक्रममा भारतको नक्सलबारी, दाराबु, सिक्किम तथा कैलालीको धनगढी, मोरङ, सुनसरी, सङ्खुवासभा, झापा, उदयपुर लगायतबाट राखमीहँछा पाछाका चाम्लिङ राई सहभागी थिए ।

करीब ४०० वर्षअघि नै आफ्ना पुर्खाले छाडेको भूमिमा रहेको वंशलाई भेट्न पाउँदा खुशी लागेको जिल्लाबाहिरका सहभागीले प्रतिक्रिया दिए । शुरुमा स्थानीयवासी रोजबहादुर राईको सक्रियतामा चासो दिन थालिएको वंशावली निर्माण कार्यलाई औपचारिक रूपमा भने बेलायतलाई कर्मथलो बनाएका नुनथला, खाम्लाकै चन्द्रबहादुर राईको नेतृत्वमा अगाडि बढाइएको थियो ।

प्रकाशित राखमीहँछा पाछाको वंशावलीमा करीब ५०० वर्षको इतिहास भेटिएको छ । वंशावली खोज तथा प्रकाशनले करीब साढे ४०० वर्षअघि छुटेका वंशको पुनर्मिलन भएको वडाध्यक्षसमेत रहेका सोही वंशका भीम राईले बताए ।

कार्यक्रममा वंशावली निर्माण अभियानकर्मी देशविदेशमा रहेका वंशका व्यक्ति, नुनथलावासी स्थानीय, छोरीचेलीलगायतको जमघट थियो । हतलुङ नामको पुर्खा नै आफ्नो वंशको पहिलो सन्तान मान्ने उक्त पाछाको वंशावलीमा करीब साढे तीन हजार सन्तानको नाम उल्लेख छ ।

चाम्लिङभाषी किरात राईको मौलिक परम्परानुसार आयोजना गरिएको कार्यक्रममा साकेला सिली प्रदर्शनीसमेत गरिएको थियो । वंशावली निर्माण समितिले लोकार्पणकै दिन पाँच जना व्यक्तिलाई सम्मान गरेको छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार ०८:३६ मा प्रकाशित

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घर...

तटबन्ध नहुँदा बस्ती जोखिममा

तटबन्ध नहुँदा बस्ती जोखिममा

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च...

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

तानसेन (पाल्पा) । समयमै परेको पानीले नै किसानको मुहारमा खुसी...

बजार गएका प्रधानाध्यापक मृत भेटिए

बजार गएका प्रधानाध्यापक मृत भेटिए

मान्म (कालीकोट) । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक...

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको...

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आबमा ५९ हजार १२०...