back
CTIZAN AD

चाम्लिङ राईको वंशावली सार्वजनिक

वि.सं.२०७५ फागुन ८ बुधवार

744 

shares

८ फागुन, खोटाङ । देशविदेशमा छरिएर रहेका चाम्लिङ राई (राखमीहँछा)ले आफ्नो वंशावली तयार गरेका छन् ।

लामो समयदेखि वंशावली खोज तथा निर्माण कार्यमा जुटेको किरात राई चाम्लिङ (राखमीहँछा) वंशावली प्रकाशन समितिले खोटाङको नुनथलामा आफ्नो वंशावली लोकार्पण गर्दै खुशियाली मनाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लालाई ऐतिहासिक तथा उद्गम थलो मान्ने राखमीहँछा पाछाका चाम्लिङ राईले २०४० सालदेखि लिखित दस्तावेज सङ्कलन गर्दै २०६९ साल भदौ ८ देखि औपचारिक रूपमा वंशावली खोज तथा निर्माण शुरु गरेको थियो । लामो समयको मिहिनेतपछि निर्माण तथा प्रकाशन गरेको वंशावलीलाई नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणदेवी राई लगायतले लोकार्पण गरेका हुन् ।

कार्यक्रममा हङकङ, बेलायत, भारत तथा देशका विभिन्न जिल्लामा रहेका राखमीहँछा पाछा सामेल भएको गीतकार तथा साहित्यकार टीका चाम्लिङले बताए । कार्यक्रममा भारतको नक्सलबारी, दाराबु, सिक्किम तथा कैलालीको धनगढी, मोरङ, सुनसरी, सङ्खुवासभा, झापा, उदयपुर लगायतबाट राखमीहँछा पाछाका चाम्लिङ राई सहभागी थिए ।

करीब ४०० वर्षअघि नै आफ्ना पुर्खाले छाडेको भूमिमा रहेको वंशलाई भेट्न पाउँदा खुशी लागेको जिल्लाबाहिरका सहभागीले प्रतिक्रिया दिए । शुरुमा स्थानीयवासी रोजबहादुर राईको सक्रियतामा चासो दिन थालिएको वंशावली निर्माण कार्यलाई औपचारिक रूपमा भने बेलायतलाई कर्मथलो बनाएका नुनथला, खाम्लाकै चन्द्रबहादुर राईको नेतृत्वमा अगाडि बढाइएको थियो ।

प्रकाशित राखमीहँछा पाछाको वंशावलीमा करीब ५०० वर्षको इतिहास भेटिएको छ । वंशावली खोज तथा प्रकाशनले करीब साढे ४०० वर्षअघि छुटेका वंशको पुनर्मिलन भएको वडाध्यक्षसमेत रहेका सोही वंशका भीम राईले बताए ।

कार्यक्रममा वंशावली निर्माण अभियानकर्मी देशविदेशमा रहेका वंशका व्यक्ति, नुनथलावासी स्थानीय, छोरीचेलीलगायतको जमघट थियो । हतलुङ नामको पुर्खा नै आफ्नो वंशको पहिलो सन्तान मान्ने उक्त पाछाको वंशावलीमा करीब साढे तीन हजार सन्तानको नाम उल्लेख छ ।

चाम्लिङभाषी किरात राईको मौलिक परम्परानुसार आयोजना गरिएको कार्यक्रममा साकेला सिली प्रदर्शनीसमेत गरिएको थियो । वंशावली निर्माण समितिले लोकार्पणकै दिन पाँच जना व्यक्तिलाई सम्मान गरेको छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार ०८:३६ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...