back

एकमहिने स्वस्थानी व्रत कथा सम्पन्न

वि.सं.२०७५ फागुन ८ बुधवार

576 

shares
GLOBAL IME AD
NTC AD

८ फागुन, काठमाडौ ।  हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ ।

एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासमा एक महीना लामो र कठिन यो व्रत रात्रिको जाग्रामसँगै समापन भएको छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत बस्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गर्नुभएकाले परम्परागत रूपमा कथा प्रचलित हुँदै आएको मानिन्छ । मङ्गलबार व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने, मितछोरा पनि नभए मेरो इच्छा पूरा होस भनी खोलामा लगेर बगाइदिने तथा बाँकी व्रतालु स्वयंले खाने चलन छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शाली नदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । एकतीस अध्याय रहेको यस कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गरिएको छ । स्थानीय भक्तजनका अनुसार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महीनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए । सो मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन छ ।

स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा समयका प्रभावले पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएकाले यस अवधिमा पनि सात्विक भोजनका साथ बिहान स्नान गरी श्रीस्वस्थानीको पूजापाठ गर्नाले इच्छाएको फल मिल्ने उल्लेख छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार ०९:२५ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...