back

कोर्क नेपाली समाज आयरल्यान्डको अध्यक्षमा लोक त्रिपाठी

वि.सं.२०७५ फागुन ८ बुधवार

396 

shares
GLOBAL IME AD
NTC AD

कोर्क नेपाली समाज आयरल्याण्को अध्यक्षमा लोक त्रिपाठी चयन भएका छन् ।

कर्क स्थित थाली नेपाल रेस्टुराँमा भव्यताका साथ सम्पन्न गरिएको समाजको छैटौं अधिबेशनले उपाध्यक्षद्वयमा राजेन्द्र न्यौपाने, विजय सहानी, महासचिबमा सीमा सुवेदी, सचिवमा वीरेन्द्र अधिकारी, कोषाध्यक्षमा कमल अधिकारी, सहकोषाध्यक्षमा सरोज पोखरेल, युवा संयोजकमा अंकित ओली, महिला संयोजकमा जानुका चुवाई, बिद्यार्थी संयोजकमा ज्ञानु मगर, सांस्कृतिक संयोजकमा विवेक रिमाल र सदस्यहरुमा किशन खत्री, शर्मिला पौडेल, हरि गौतम र विवेक पोखरेललाई चयन गरेको छ ।

समाजका अध्यक्ष टेक नारायण पौडेलको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा जनसम्पर्क समिती आयरल्याण्डका अध्यक्ष एवं गैरआवासीय नेपाली संघ आयरल्यान्डका पूर्व अध्यक्ष शुक्रराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने अथितिहरुमा कर्क नेपाली समाजका पूर्वअध्यक्ष एवं गैरआवसीय नेपाली संघ आयरल्यान्डका पूर्व उपाध्यक्ष बसन्त न्यौपाने, वर्तमान उपाध्यक्ष लोकनाथ त्रिपाठी, दुर्गा चुवाई रहेका थिए ।


समाजका महासचिब चमन रानाको संचालन रहेको उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेले कर्क समाजले स्थापनाकालदेखी खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरेका थिए । उनले जसरी कर्क नेपाली समाजले आयरल्यण्डमा आफ्नो देश, समुदायको पहिचान, भाषा एवं संस्कृतीको जगेर्ना तथा नेपाली समाजलाई यहाँको समाजमा स्थापीत गराउँदै समग्रमा नेपाललाई चिनाउने कार्यं गरिरहेको बताउँदै सम्पूर्ण कर्कबाशी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिएका थिए ।

आफै पनी विगत लामो समयदेखी कर्कमा भएको र कर्क समाजको स्थापना लगायत कर्क समाजले गर्दै रहेको छैटौं अधिवेशन सम्मको यात्रामा प्रत्यक्ष सहभागी रहँदै गर्दा समाजको प्रगति एवं हासिल गरेको उचाईले आफूलाई निकै गौरवको अनुभूति भएको बताए । उनले भने, ‘भबिश्यमा पनि समाजको अग्रगतिका लागी सधै तपाईहरु माझ रहेर समाज सेवामा सक्रिय भएर लाग्नेछु ।’

बन्दसत्रमार्फत विधानमा केही संशोधन गर्दै समाजले २०१९–२०२१ का लागी लोकनाथ त्रिपाठीको नेतृत्वमा नयाँँकार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

कार्यक्रमको अन्तिममा नवगठित कार्यसमितीलाई कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष टेक नारायण पौडेलले आफ्नो कार्यकालमा केही कमीकमजोरी भएको भए माफी चाहन्छु भन्दै पदभार हस्तान्तरण गरेपनि समाजप्रतिको आफ्नो दायित्व एवं सक्रियतामा कुनै कमी नआउने बताउँदै समाजलाई आवश्क परेको खन्डमा हरपल उपलब्ध हुने बताए ।


त्यसैगरी पूर्वअध्यक्ष बसन्त न्यौपानेले समाजको हर कार्यंहरुमा आफ्नो सक्रियता विगतमा जस्तै रहने बताउँदै आफूबाट हुनसक्ने सहयोग सदैब रहने विश्वास दिलाएका थिए ।

सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष लोकनाथ त्रिपाठीले समाजले गरेको विश्वासलाई सधै पहिलो प्राथमिकतामा राख्दै सबैको सल्लाह एवं सुझाव लिदै समाजलाई कुशल नेतृत्व दिन हरपल कोशिस गरिरहने बताए । उनले आफूलाई यस स्थानसम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७५ फागुन ८ बुधवार ०९:३२ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...