८ फागुन, काबुल । लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा अफगानिस्तानका २७ जनालाई जेल सजायको फैसला गरिएको छ ।
उनीहरूलाई एक वर्ष छ महिनादेखि १८ वर्षसम्मको जेल सजायको फैसला भएको अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।
लागुऔषधसम्बन्धी अपराध हेर्ने न्यायिक निकायले जारी गरेको वक्तव्यमा अपराधीहरूबाट ठूलो परिणाममा लागुऔषध पनि बरामद गरिएको जनाइएको छ ।
पछिल्लो एक तथ्याङ्कअनुसार सन् २०१८ मा अफगानिस्तानमा मात्रै भण्डै ६४ हजार टन अफिम उत्पादन भएको थियो ।
अफिमको उत्पादन विषेश गरेर पश्चिमी र दक्षिणी क्षेत्रमा हुने गरेको पाइएको अधिकारीहरूले जनाएका छन् ।
वि.सं.२०७५ फागुन ८ बुधवार १०:५२ मा प्रकाशित