
८ फागुन, काठमाडौं । लामो समयसम्म तत्कालीन माओवादीमा रहेर शान्तिकालपछि तत्कालीन एमालेबाट सामान्य प्रशासनमन्त्री समेत भइसकेका रविन्द्र श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिघटन गर्नुपर्ने बताएका छन् ।
अख्तियारका प्रमुख आयुक्त लोकमानदेखि आयुक्त राजनारायण पाठक सम्मका घटनाहरुले गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनविश्वास गुमाएको हुनाले बिघटन गर्नुपर्ने आवस्यकता रहेको उनले बताएका हुन् ।
भ्रष्टाचार नियन्त्रण गर्ने तथा भ्रष्टाचार गर्नेहरुलाइ कारवाही गर्ने विशेष अधिकार पाएको संवैधानिक निकायका पहिलेका प्रमुख र अहिले फेरि आयुक्त नै भ्रष्टाचारमा संलग्न भएको तथ्य सार्वजनिक भैसकेको स्थितिमा अख्तियारको औचित्य सकिएको उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
वि.सं.२०७५ फागुन ८ बुधवार १३:५६ मा प्रकाशित