back

प्रदेश नं ३ मा आधुनिक पशु बधशाला निर्माण हुने

वि.सं.२०७५ फागुन ८ बुधवार

531 

shares
GLOBAL IME AD
NTC AD

८ फागुन, हेटौँडा । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा सात आधुनिक पशु बधशाला निर्माण गरिने भएका छन् ।

प्रदेशका उपभोक्ताले प्रयोग गर्ने मासु स्वस्थ र गुणस्तरीय होस् भन्नको लागि र पशुको जथाभावी बध रोक्न बधशाला निर्माण गर्न लागिएको मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिएका थिए ।

मन्त्रालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा आधुनिक पशु बधशाला निर्माण गर्ने सरकारको योजना रहेको भए पनि पहिलोे चरणमा सात मात्र निर्माण सम्पन्न गरिनेछ । बधशाला निर्माणमा सरकारको कूल रु १० करोड बजेटमध्ये पाँच करोडको कामको प्रस्ताव आह्वान भएको मन्त्रालयले जानकारी दिएको छ । प्रस्तावअनुसार प्रदेशका १३ वटै जिल्लाका इच्छुक साझेदारले बधशाला निर्माणका लागि प्रस्ताव पेश गर्न सक्छन् भने प्रक्रिया पुगेका प्रस्तावमध्ये आवश्यकता र प्राथमिकताका आधारमा सात जिल्लाका लागि सात बधशाला निर्माणका लागि सम्झौता हुने निमित्त सचिव गदालले जानकारी दिएका छन् ।

बढीमा एक महीनाभित्रमा शुरु गर्ने गरी काम अगाडि बढेको र सरकारले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । स्थानीय तह, व्यवसायी कम्पनी, फार्म वा निजी उद्यमीसमेत साझेदार बन्न पाउने फराकिलो व्यवस्थासहित मन्त्रालयले प्रस्ताव आह्वान गरेको निमित्त सचिव गदालको भनाइ छ ।

उनका अनुसार प्रस्तावकले प्रस्ताव पेश गर्दा मन्त्रालयद्वारा जारी पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४ अनुसार बधशाला स्थापना र सञ्चालन गर्न सम्बन्धित भेटेनरी, अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र र स्थानीय तहको सिफारिस, कार्यविधिअनुसारको प्रस्तावको ढाँचा, बधशालाको संक्षिप्त व्यावसायिक कार्ययोजना, लागत साझेदारी गर्ने प्रतिबद्धतापत्र, बधशाला निर्माणस्थलको जग्गाको स्वामित्व देखिने प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार १४:०६ मा प्रकाशित

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...

एक करोड १५ लाख लिटर दूध प्रशोधन

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख...

आलुखेतीबाट लाखौं आम्दानी गर्दै किसान

आलुखेतीबाट लाखौं आम्दानी गर्दै किसान

इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले...

वर्षासँगै परेको असिनाले गहुँबाली र तरकारीमा क्षति

वर्षासँगै परेको असिनाले गहुँबाली र तरकारीमा क्षति

बैतडी । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा...

पालिकाले सुरु गर्यो कृषि उपज बजार पुर्याउन एम्बुलेन्स सेवा

पालिकाले सुरु गर्यो कृषि उपज बजार पुर्याउन एम्बुलेन्स सेवा

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।...