back
CTIZAN AD

औद्योगिक क्षेत्रका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

वि.सं.२०७५ फागुन ९ बिहीवार

711 

shares

९ फागुन, भीमदत्तनगर (रासस) । कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काममा ढिलाइ भइरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । विसं २०५२ मा सरकारले घोषणा गरेको भए पनि हाल विविध सरकारी प्रक्रियाका कारण वन मन्त्रालयमा फाइल अड्किएको छ ।

छेला औद्योगिक क्षेत्रको कार्यप्रगतिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको नगरप्रमुख अशोककुमार चन्दले बताए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्रीसँग छलफल गरेर छेला औद्योगिक क्षेत्रको काम यथाशीघ्र सञ्चालनका लागि पहल गर्ने आश्वासन दिएको नगरप्रमुख चन्दले बताए ।

सुदूरपश्चिमको गौरवको योजना र रोजगारीको मुख्य सम्भावना रहेको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि मन्त्रिपरिषद्बाट पटक–पटक निर्णय भइसकेको भए पनि वन विभागमा औद्योगिक क्षेत्रको काम रोकिएको छ ।

औद्योगिक क्षेत्र स्थापनाका लागि चालू आवमा सुदूरपश्चिम प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ । करीब नौ सय बिघा जग्गा कायम गरिएको दैजी छेला औद्योगिक क्षेत्रको ‘इआए’ तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइसकेको छ । इआए, डिपीआर प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा रहेको छ, तर मन्त्रालयले काम अगाडि नबढाइदिँदा औद्योगिक क्षेत्रको स्थापनामा ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १०:०८ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...