back

औद्योगिक क्षेत्रका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

वि.सं.२०७५ फागुन ९ बिहीवार

471 

shares
GLOBAL IME AD
NTC AD

९ फागुन, भीमदत्तनगर (रासस) । कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काममा ढिलाइ भइरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । विसं २०५२ मा सरकारले घोषणा गरेको भए पनि हाल विविध सरकारी प्रक्रियाका कारण वन मन्त्रालयमा फाइल अड्किएको छ ।

छेला औद्योगिक क्षेत्रको कार्यप्रगतिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको नगरप्रमुख अशोककुमार चन्दले बताए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्रीसँग छलफल गरेर छेला औद्योगिक क्षेत्रको काम यथाशीघ्र सञ्चालनका लागि पहल गर्ने आश्वासन दिएको नगरप्रमुख चन्दले बताए ।

सुदूरपश्चिमको गौरवको योजना र रोजगारीको मुख्य सम्भावना रहेको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि मन्त्रिपरिषद्बाट पटक–पटक निर्णय भइसकेको भए पनि वन विभागमा औद्योगिक क्षेत्रको काम रोकिएको छ ।

औद्योगिक क्षेत्र स्थापनाका लागि चालू आवमा सुदूरपश्चिम प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ । करीब नौ सय बिघा जग्गा कायम गरिएको दैजी छेला औद्योगिक क्षेत्रको ‘इआए’ तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइसकेको छ । इआए, डिपीआर प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा रहेको छ, तर मन्त्रालयले काम अगाडि नबढाइदिँदा औद्योगिक क्षेत्रको स्थापनामा ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १०:०८ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...