back

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका

वि.सं.२०७५ फागुन ९ बिहीवार

381 

shares
GLOBAL IME AD
NTC AD

९ फागुन,ढाका (रासस/सिन्ह्वा) । बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरुलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ ।ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट भएको थियो । त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको थियो ।

राजधानी ढाकाको पुरानो वस्तीतिरको क्षेत्र भएकोले घरहरु जोडिएर रहेका र जसका कारण एकपछि अर्को घरमा आगो फैलिएको थियो । यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घर शिकार भएका थिए । कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन् । उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले सो घरसँगै रहेको अर्को घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरु राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए ।

उनले भने बुधबार राति करिब १० बजेतरि उक्त आगलागी शुरु भएको थियो । आगो नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन मध्यराति सम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो । उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ ओटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन् । आगोको मुस्लो बढ्दै जाँदा अर्को घरमा सल्किन पुगेको थियो ।

सो आगलागनी नियन्त्रणका लागि ३७ ओटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको उनले बताए । अग्नि नियन्त्रकहरुले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ ।

ढाका प्रहरीले यहाँको उद्वारको कार्य अझै सम्पन्न भइ नसकेको जनाएको छ । उद्वारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ । हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १२:४८ मा प्रकाशित

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...