१० फागुन, इलाम ।सुर्योदय नगरपालीका ११ का ६१ वर्षीय इन्द्रप्रसाद ढकालले जग्गा फिर्ता पाउने आसमा ४० वर्ष अदालतको ढोका ढक्ढक्याए । पछिल्लो पटक अदालतले उनको मुद्धा खारेज गरिदियो । यो अवधीमा न्यायका लागि २ करोड रुपैयाँ हाराहारी सकिएको उनको दाबी छ । सम्पत्तीका नाममा अब नागरिकता मात्र बाँकी छ,उनले भने ।
सर्वोच्च अदालतबाट मुद्धा हारेपछि ढकाल परिवार सरकारले केही गरिदेला कि भन्ने आसमा छ । प्रधानमन्त्री केपी ओली पुस २० मा इलाम आउँदा सुरक्षाकर्मीलाई ठेलठाल पारी उनले एउटा पत्र थमाए । पत्रमा लेखिएको थियो , मुद्धा फिर्ता गरी सुकुम्बासी हुनबाट मुक्र गराइपाऊँ ।
एनले ०३९ पुस १० मा जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले म्यादभित्र उजुरी नआएको भनेर आदेश दियो । उनी तत्कालीन पुनरावेदन अदालत पुगे । जिल्ला अदालतकै जस्तो फैसला आयो । उनी सर्वोच्चको शरणमा पुगे । शुक्रबारको अन्नपुर्ण पोस्ट दैनिकमा तोयानाथ भट्ट्राईले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १० शुक्रवार ०८:२२ मा प्रकाशित