back

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध

वि.सं.२०७५ फागुन १० शुक्रवार

540 

shares
GLOBAL IME AD
NTC AD

१० फागुन, बाँके ।  श्याम गिरी, उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन संवाद कार्यक्रममा उनी संवाद गर्न भ्याइहाल्छन् । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रेमी वान’ जोडिहाल्ने ४८ वर्षीय श्याम नेपाल आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी छन् ।

साथीभाइसँग सहजै निकटता बनाउनसक्ने उनको खुबी हो । उनी नयाँ साथीसँग छिट्टै नजिक बन्नछन् र सक्ने सहयोग गर्न तयार हुनुहुन्छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी श्याम यहाँका विभिन्न एफएम स्टेशनले चलाउने फोन संवाद कार्यक्रममा फोन गरेर अन्तरक्रिया गरिरहन्छन् ।

नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रममा फोन संवाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाएका छन् । रेडियोमा प्रसारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उनको फोन संवाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उनले ‘मितिनी’को नाता गाँसेका थिए ।

बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियोमोह पनि उस्तै छ । उहाँ पनि रेडियो हिमालका सबै कार्यक्रममा फोन संवाद गरे । राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी स्नातकसम्मको पढाइ पूरा गरेकी २९ वर्षीया श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षितमध्येमा गनिन्छन् । सामाजिक विभेदविरुद्धका अभियानमा उनको सहभागिता छुट्दैन । गाउँ, समाजमा हुने विभिन्न विभेद विरुद्धका अभियानकर्मीका रुपमा परिचय बनाएकी श्यामकुमारी सोच सकारात्मक भए परिवर्तन सम्भव भएको ठानेका थिए ।

श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करीब १९ वर्ष छ । थर र लिङ्ग फरक भए पनि एउटै रेडियोमा एउटै नामका दुई पात्रले फोन संवाद गरेका थिए । रेडियोमा हुने फोन संवादले श्याम र श्यामकुमारीलाई नजिक बनायो र अन्ततः उनीहरुले मितेरी लगाए ।

सायद महिला र पुरुषबीचको यो मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ । रेडियोका कार्यक्रममा हुने फोन संवादले उनीहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उनीहरु दुवैका परिवारलाई एउटै परिवारजस्तो बनाइदिएको छ, अर्थात दुवै परिवार एक भएजस्तो बनाइदिएको छ ।

“नाम मिलेपछि रेडियो संवादकै क्रममा फोन नं आदानप्रदान भयो”, उनले भने, “हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन ग¥यौँ । यो सम्बन्ध पारिवारिक रूपमा पनि निकट भयो ।” उनीहरु आफूलाई भाग्यमानी ठान्नछन् । सबैले समान लिङ्गबीच मितेरी लगाउँछन्, तर उनीहरुबीचको मितेरीको सम्बन्ध बिल्कुलै नौलो छ ।

श्याम भन्नछन्, “रेडियोमा नाम सुनँे, मेरै नाम रहेछ, मात्रै जात र लिङ्ग फरक, तर पनि मैले उनलाई मितिनीको नाता लगाएँ । केहीले शङ्का गरे । मैले त्यो शङ्कालाई प्रष्ट्याएँ । हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।” दुई परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गरेका छन् ।

श्यामकुमारी भन्नछन्, “सकारात्मकरूपमा हामी दुई परिवार एक भएका छौँ । मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन । हामी पारिवारिकरूपमा एउटा परिवार भएका छौँ । महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो ।”

नकारात्मक विकारले भरिएका सोचहरुले अरुलाई राम्रो होइन, शङ्काको दृष्टिले हेर्ने उल्लेख गर्दै उनले भने, “हाम्रा सोचकै कारण समाज अझै पनि पछाडि परिरहेको छ, हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ । मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रूपमा मानिरहेकी छु ।”

सङ्गीत सुन्दै शौच गर्नुस्

तपाईं नेपालगञ्जवासी हो वा यहाँ आएको पाहुना रु यदि तपाईं नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले छिट्टै अत्याधुनिक डिजिटल शौचालय नेपालगञ्जमा स्थापना गर्दैछ ।

नेपालगञ्जको केन्द्र धम्बोझी चोक नजिक स्थापना हुन लागेको डिजिटल शौचालयमा सङ्गीतको आनन्द लिँदै आरामका साथ शौच गर्न पाउने व्यवस्था उपमहानगरपालिकाले ल्याएको छ । धम्बोझी चोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा शौचालय स्थापना हुनेछ ।

एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि जडान भएको डिजिटल शौचालय १०–१५ दिनमै सर्वसाधरणका लागि खुला गर्ने तयारी उपमहानगरपालिकाले गरेको छ । उपमहानगरपालिका र एसएनभीको संयुक्त पहलमा डिजिटल शौचालय निर्माण गरिँदैछ ।

केही महीनाअघि शौचालय स्थापना गरिने सो क्षेत्रमा ‘फाउण्डेसन’को काम सम्पन्न गरिसकेको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिएका थिए । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिने डिजिटल शौचालयको निर्माणकार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

“जमीनमाथिको फाउण्डेसन निर्माण अन्तिम चरणमा पुगेको छ”, प्रमुख डा राणाले भने, “काठमाडौँमा निर्माण भइरहेको शौचालयको फाउण्डेसनको स्थलगत अनुगमन गरेका छौँ ।” उपमहानगरपालिकाको रु पाँच लाख तथा एसएनभीको रु ४५ लाख लागतमा बन्ने डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिनेछ ।

अपाङ्गता भएका व्यक्ति तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता अपाङ्गता भएका व्यक्ति भएका व्यक्तिले शौच गर्न सक्नेछन् । उपमहानगरपालिकाका सरसफाइ संयोजक ओविराज आचार्यले भन्नुभयो, “पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी र साबुन नभए शौचालयको ढोका खुल्दैन । यो शौचालय देशकै पहिलो हुनेछ ।”

उनका अनुसार शौचालयभित्र शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्छ । जो कोहीले सङ्गीत सुन्दै शौच गर्न पाउनेछन् । शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आफँै सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्ने निर्णय भएको छैन । यसअघि नेपालगञ्जमा शौचालय अभावको समस्यालाई समाधान गर्न चार घुम्ती शौचालय सञ्चालनमा ल्याइएको थियो ।

वि.सं.२०७५ फागुन १० शुक्रवार ०९:३४ मा प्रकाशित

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन...

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...