back

विश्वकप एशिया छनोट : तेस्रो खेल युएईसँग

वि.सं.२०७५ फागुन १० शुक्रवार

339 

shares
GLOBAL IME AD
NTC AD

१० फागुन, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । युएई तीन खेलबाट छ अङ्क जोड्दै तालीकाको शीर्षस्थानमा छ ।

युएईविरुद्व जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने अवसर नेपाललाई प्राप्त छ । अघिल्लो महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो ।

नेपाल भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको छ । बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले हराएको थियो ।

प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

वि.सं.२०७५ फागुन १० शुक्रवार ०९:४० मा प्रकाशित

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप प्रतियोगिता...

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...