back

कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

वि.सं.२०७५ फागुन १० शुक्रवार

405 

shares
GLOBAL IME AD
NTC AD

१० फागुन । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि सं २५ कमाण्ड तथा स्टाफ तालिमको फागुन ९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच दीक्षान्त समारोह सम्पन्न भएको छ ।

उक्त तालिममा नेपाली सेनाका तर्फबाट पहिलो पटक एक जना महिला सहित ४९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १ र १ गरी ३ अधिकृतहरु लगायत मित्रराष्ट्र बङ्गलादेश, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका १ र १ र चीनबाट २ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ६२ जना अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी दिक्षित हुनु भएको छ । सि सं १७ ९सन् २०१०० बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्न देशका ७३ जना विदेशी शिक्षार्थीहरु दिक्षित भईसकेका छन् ।

उक्त तालिमको (Masters in Strategic Studies (MSS) Programme )तथा समग्र तालिममा नेपाली सेनाका सेनानी प्रतिकसिंह कार्की प्रथम हुनु भएका छन् । (Thesis Work) को अध्ययनमा गरिने सोधपत्र त्जभकष्क ध्यचप अर्थात (Commandant’s Paper )तर्फ सेनानी सुनिल बिष्ट र सेनानी प्रतिकसिंह कार्की संयुक्त रुपमा प्रथम भएका थिए । उक्त दीक्षान्त समारोहमा प्रधानसेनापति महारथी थापाले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुने नेपाली सेनाका सेनानी प्रतिकसिंह कार्कीलाई उत्कृष्ट शिक्षार्थी पुरस्कार(Best Student Award) प्रदान गर्नुको साथै दिक्षित भएका सबै शिक्षार्थी अधिकृतहरुलाई ‘PSC’ (Passed Staff College) पत्र वितरण गरेका थिए। सोही अवसरमा उहाँले उक्त कलेजको वार्षिक मुखपत्र शिवपुरीु जर्नलको २०औं संस्करण विमोचनसमेत गरेका थिए । सोही क्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.तिर्थराज खनियाले MSS Programme  तर्फ सर्वप्रथम हुने शिक्षार्थी सहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । त्यसैगरी, उक्त कलेजका शिक्षाध्यक्ष उपरथी इश्वर हमालले सोध पत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

उक्त दीक्षान्त समारोहको दौरान कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हमालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको दौरान प्रधानसेनापति महारथी थापाले यस तालिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउन गहन भूमिका खेलेको बताएका थिए । साथै नेपाली सेनामा यस तालिमको महत्व, आवश्यकता, औचित्य र प्रभावकारीताको बारेमा समेत मन्तव्य व्यक्तगरेका थिए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.तिर्थराज खनियाले त्रिभुवन विश्व विद्यालय विश्वको १००० उत्कृष्ट विश्वविद्यालय भित्र पर्नमा यस सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सहभागी विदेशी शिक्षार्थीहरु र यस शिक्षालायले प्राप्त गरेको नतिजाले अहम भूमिका खेलेको बताएका थिए ।

उक्त कार्यक्रममा, विदेशी सैनिक सहचारीहरु, बरिष्ठ प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, विभिन्न विषयका प्राज्ञहरु लगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका सेनानी समूहलगायत शिक्षार्थी अधिकृतहरुको परिवारजनको समेत उपस्थिती रहेको थियो ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १०:५३ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...