back
CTIZAN AD

अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार

वि.सं.२०७५ फागुन १० शुक्रवार

513 

shares

१० फागुन, गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाँखानीमा रुखबाट खसेर घाइते भएका ३३ वर्षीय पोष्टबहादुर छन्त्याल प्रविण लाई गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीको सहयोगमा हेलिकोप्टरमार्फत पोखरा मणिपाल अस्पताल पु¥याई उपचार गरिएको छ ।

गाउँभन्दा माथिको जङ्गलमा गोठमा बस्दै आएका छन्त्याल गाईबस्तुलाई घाँस काट्न जाँदा बिहीबार रुखबाट खसेर सख्त घाइते भएको जानकारी पाएपछि अध्यक्ष भण्डारीले आफ्नै खर्चमा हेलिकोप्टर चार्टर गराएर उपचारका लागि पोखरा पठाए । रघुगङ्गा गाउँपालिका–६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिएका थिए ।

सदस्य छन्त्यालका अनुसार घाइते प्रविणको अवस्था अत्यन्त गम्भीर भएको थाहा पाएपछि अध्यक्ष भण्डारीलाई खबर गरी उनकै आर्थिक सहयोगमा पोखरा लगिएको हो । अहिले घाइतेको अवस्थामा सुधार आएको बताइएको छ । अध्यक्ष भण्डारीले गाउँपालिकाकै बिकट ठाडाँखानीमा यस्तो अवस्था भएको खबर पाएलगत्तै उनको उपचारमा पाखापानी स्वास्थ्य चौकीका दुई कर्मचारीलाई घाइते भएको स्थानमा पु¥याएर प्राथमिक उपचार गर्न लगाई हेलिकोप्टरमार्फत पोखरा लगिएको र अहिले घाइतेको अवस्थामा सुधार आएको बताए ।

खानेपानीका लागि ताकमबासीद्वारा श्रमदान

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीयवासीले आफ्नै घरदैलोमा खानेपानी ल्याउन रु एक करोड ४८ लाख बराबरको जनश्रमदान गरेका छन् । गाउँघरमा सार्वजनिक धारा तथा कुवाको प्रयोग गर्दै आएका ताकमवासीले सरकारी अनुदानबाहेक जनश्रमदान गरेर कोठखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत घरदैलोमै खानेपानी ल्याउन सफल भएका हुन् ।

नेपाल र फिनल्याण्ड सरकार, धवलागिरि गाउँपालिकाको वडा कार्यालय र स्थानीय उपभोक्ताको आर्थिक तथा जनश्रमदानमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामा स्थानीयले आफ्नो घरायसी कामलाई समेत छोडेर गाउँबाट करीब तीन किलोमिटर टाढा अवस्थित कोठखोलाबाट खानेपानी ल्याउन फिनल्याण्ड सरकारबाट रु पाँच लाख ११ हजार, धवलागिरि गापा–७ बाट रु १६ लाख सात हजार, भारतीय दूतावासमार्फत रु ६५ लाख ६७ हजार बराबरको पाइपबाहेक अन्य खर्च स्थानीयवासीले गरेको उपभोक्ता समितिका कोषाध्यक्ष गोपाल आचार्यले जानकारी दिएका थिए ।

साविकको ताकम गाविस वडा नं ३, ४, ५ र ६ वडाका ३३६ घरधुरीमध्ये काफलडाँडाका २९ घरधुरीमा बालमैत्रीसहित २९ धारा जडान गरिएको छ ।

उन्नत बीउ र प्राङगारिक मलतर्फ किसान आकर्षित

व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका छन् । उन्नत जातको बीउ र आधुनिक प्रविधितर्फ आकर्षित भएका किसानहरुले मल भने प्राङगारिक नै रोजेका छन् ।
परम्परागत रैथाने बीउबिजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकाले किसानहरू कृषि ज्ञान केन्द्रबाट सिफारिस गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका कृषि प्राविधिकहरुले बताएका छन् ।
खबराका अगुवा किसान चन्द्रबहादुर कार्की रैथाने बीउबिजन, परम्परागत खेती प्रणाली र घरेलु औजार तथा साधनबाट खेती गर्दा किसानको लगानी नै नउठ्ने भएपछि उन्नत जातको बीउ बिजन र प्रविधिप्रति आकर्षित भएको बताउछन् ।
परम्परागत तरिकाले स्थानीय जातका तरकारी, अन्नबाली लगाएर बजारमा प्रतिस्पर्धा गर्न कठिन भएकाले स्थानीय जातको साटो उन्नत बीउबिजन र प्रविधितर्फ लाग्नुपरेको उनको भनाइ छ ।
‘मैले १७ रोपनी जग्गामा स्थानीय र उन्नत दुवै जातका तरकारी खेती गरेको छु, तर स्थानीयजातको तुलनामा उन्नत जातको बीउको तरिकारीबाट धेरै फाइदा हुने र बजारमा पनि सजिलैसंग विक्ने हुँदा उन्नत जात नै रोज्नुपर्ने बाध्यता रहेको छ’ कार्कीले भने ‘किसानको मेहनत र लगानीका तुलनामा स्थानीय जातको बीउबाट राम्रो उत्पादन लिन कठिन पर्छ ।’
त्यसैगरी मंगला गाउँपालिकाकी जानकी जैसी पनि उन्नत जातकै तरकारी खेतीतर्फ आकर्षित हुनुभएको छ । छोटो समयमा धेरै उत्पादन लिन सकिने र स्थानीयको तुलनामा फाइदा पनि दोब्बर हुनेहुँदा उन्नत जातको तरकारी नै लगाउने गरेको उनले बताए ।
कार्की र जैसी मात्र होइन म्याग्दीका ६ ओटै स्थानीय तहका ३ सय भन्दा बढी व्यावसायिक कृषकहरुले स्थानीय जातका बीउ बिजन र प्रविधिलाई घटाउँदै उन्नत जात र आधुनिक प्रविधिलाई बढाउँदै लगेका छन् ।
उन्नत जातका बीउ बिजनतर्फ आकर्षित हुँदै गएका यहाँका किसानहरुले मलमा भने प्राङ्गारिक विधि अपनाउने गरेका छन् । रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास आउनुका साथै माटोको मौलिक गुणपनि हराउँदै जान थालेपछि किसानहरु सचेत बनेका हुन् ।
जिल्लाको मंगला गाउँपालिकाले त प्राङगारिक मल उद्योग नै संचालन गरेर किसानहरुलाई प्राङ्गारिक मलको प्रयोग गर्न अनवार्य गरेको छ । त्यसका साथै मानवमूत्र संकलन गरेर तरकारी,फलफूल र खाद्यान्न बालीमा प्रयोग गराउन मंगला गाउँपालिकाले अभियान नै संचालन गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १३:०६ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...