back
CTIZAN AD

मालपोत र नापीका विकृति सुधार गरिनेछ : मन्त्री अर्याल

वि.सं.२०७५ फागुन १० शुक्रवार

729 

shares

१० फागुन, काठमाडौ । भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको सवा महीनाभित्र काठमाडौँ उपत्यकाको एउटा मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गरेकी थीइन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षत्कारमा उनले असार मसान्तभित्र काठमाडाँै उपत्यकाका सबै र अबको डेढवर्षभित्र मुलुकका १३१ वटै मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाउने दृढता व्यक्त गरेकी थीइन् ।
मालपोत र नापीमा देखिँदै आएको विकृति र विसङ्गति सुधार्ने भनेको प्रणालीका आधारमा हो, त्यसका लागि सेवालाई प्रविधिसँग जोडेर लैजान र ती कार्यालयलाई सुधार्न प्रयत्न भइरहेको छ, अब पुराना फाइल बोक्ने होइन, पेनड्राइभका आधारमा सेवा प्रदान हुनेछ मन्त्री अर्यालले भनीन् ।

अहिले नापी र मालपोतमा सानोदेखि ठूलासम्म जुन कार्वाही भइरहेकोछ, त्यो सुशासन स्थापित गर्ने सन्दर्भमा भएको बताउँदै मन्त्री अर्यालले सार्वजनिक जग्गा अतिक्रमण गर्न खोज्ने जो कोहीलाई पनि सरकारले कानूनी कारवाहीको दायरामा ल्याएरै छाड्ने अठोट व्यक्त गरेकी थीइन् ।

भूमिको सही उपयोग गरी उत्पादन बढाउने र गरीबी घटाउने योजनाका साथ सरकारले निकट भविष्यमै ऐन पारित गरेर कार्यान्वयनमा जोड दिने जानकारी दिँदै उनले यसले किसानलाई प्रोत्साहन गर्ने तथा गुठीको संरक्षणलाई प्राथमिकता दिनेछ भनीन्।

मुक्तकमैया र हलियाका समस्या यसै आर्थिक वर्षभित्र सम्बोधन गर्न तथा गरीब घरपरिवारको पहिचान गरी प्रमाणपत्र उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको उनले बताएकी छन् ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १५:०९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...