back
CTIZAN AD

पिपिएलमा सन्दीपलाई पहिलो खेलमै तीन विकेट

वि.सं.२०७५ फागुन ११ शनिवार

624 

shares

११ फागुन, काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिपिएल) को पहिलो खेलमै तीन विकेट लिएका छन् ।

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले शुक्रबार भएको पहिलो खेलमा मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिन सफल भएका हुन् । पहिलो ओभरमा १८ रन खर्चिए पनि त्यसपछिका ओधरमा उनले लगातार विकेट लिन सफल भए । त्यसपछि दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए । जसमा जेम्स भिन्सलाई पेभेलियन फर्काएका थिए । त्यसपछि व्यक्तिगत तेस्रो ओभरमा उनले सोयव मलिकको विकेट लिन सफल भए । तर उनले सो ओभरमा १५ रन खर्चिएका थिए ।

यसका साथै सन्दीपको सो ओभरमा एउटा क्याच ड्रप भएको थियो । सन्दीपले व्यक्तिगत चौथो ओभरमा अर्को विकेट लिए । आफ्नो अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका उनले दोस्रो बल डट गरे । त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई क्यान आउट गरे । उनले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए । आन्द्रे रसेल वेस्टइन्डिजका विश्वचर्चित खेलाडी हुन् भने सोएब मलिक पाकिस्तानका चर्चित खेलाडी हुन् ।

वि.सं.२०७५ फागुन ११ शनिवार ०८:०८ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...