back

चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता

वि.सं.२०७५ फागुन ११ शनिवार

363 

shares
GLOBAL IME AD
NTC AD
photo-Agency

११ फागुन, बेइजिङ ।  साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गरेका छन् ।

पत्रकार जमाल खशोग्जीको हत्याको आरोप लागेपछि विवादमा परेका युवराज सलमानले दक्षिण एशियाली मुलुकहरूको भ्रमण गर्ने क्रममा चीन पुगेका हुन् ।

उनी बिहीबार चीनको राजधानी बेइजिङ पुगेको भएको समाचारमा जनाइएको छ । यसअघि उनले पाकिस्तान र भारतको भ्रमण गरिसकेका छन् ।

सलमान र सीबीच केही महत्वपूर्ण सम्झौतासमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

युवराज सलमानले चिनियाँ उपप्रधानमन्त्री हान झेङलाई भने शुक्रबार बिहानै भेटेका छन् ।

“साउदी युवराजको त्यस क्षेत्रको भ्रमणले पूवी क्षेत्रलाई उनले प्राथमिकतामा राखेका छन् भन्ने सङ्केत गर्दछ,” अरब मामिलाका एक जना विश्लेषक नाजाहाल ओताइबीले एएफपीसँग भने ।

साउदी राजपरिवारका कटु आलोचक पत्रकार खशोग्जीको गत अक्टोबरमा इस्तानबुलस्थित साउदी कन्सुलेटमा हत्या भएको थियो । सो हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको धेरैले आरोप लगाउँदै आएका छन् । तर साउदी राजपरिवारले भने आरोपको खण्डन गरेको छ ।

खशोग्जीको हत्या प्रकरणलाई लिएर अमेरिकालगायतका देशले साउदी अरबका विरुद्धमा विश्वव्यापी रूपमा साउदी अरबलाई एक्ल्याउने र आलोचना गर्ने प्रयास गरेका छन् ।

अमेरिका पक्षधर देशहरूले यस्तो प्रयास गरिरहेका बेला राजकुमार सलमानले अमेरिकाको प्रतिस्पर्धी मानिने चीनको भ्रमण गर्नुभएको हो । यसलाई कूटनीतिक क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

वि.सं.२०७५ फागुन ११ शनिवार १२:५३ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा...

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा...

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि...

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ, युक्रेन । पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमवार भएको रुसी...

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

हनोई । चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी...