back

चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता

वि.सं.२०७५ फागुन ११ शनिवार

507 

shares
photo-Agency

११ फागुन, बेइजिङ ।  साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गरेका छन् ।

पत्रकार जमाल खशोग्जीको हत्याको आरोप लागेपछि विवादमा परेका युवराज सलमानले दक्षिण एशियाली मुलुकहरूको भ्रमण गर्ने क्रममा चीन पुगेका हुन् ।

उनी बिहीबार चीनको राजधानी बेइजिङ पुगेको भएको समाचारमा जनाइएको छ । यसअघि उनले पाकिस्तान र भारतको भ्रमण गरिसकेका छन् ।

सलमान र सीबीच केही महत्वपूर्ण सम्झौतासमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

युवराज सलमानले चिनियाँ उपप्रधानमन्त्री हान झेङलाई भने शुक्रबार बिहानै भेटेका छन् ।

“साउदी युवराजको त्यस क्षेत्रको भ्रमणले पूवी क्षेत्रलाई उनले प्राथमिकतामा राखेका छन् भन्ने सङ्केत गर्दछ,” अरब मामिलाका एक जना विश्लेषक नाजाहाल ओताइबीले एएफपीसँग भने ।

साउदी राजपरिवारका कटु आलोचक पत्रकार खशोग्जीको गत अक्टोबरमा इस्तानबुलस्थित साउदी कन्सुलेटमा हत्या भएको थियो । सो हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको धेरैले आरोप लगाउँदै आएका छन् । तर साउदी राजपरिवारले भने आरोपको खण्डन गरेको छ ।

खशोग्जीको हत्या प्रकरणलाई लिएर अमेरिकालगायतका देशले साउदी अरबका विरुद्धमा विश्वव्यापी रूपमा साउदी अरबलाई एक्ल्याउने र आलोचना गर्ने प्रयास गरेका छन् ।

अमेरिका पक्षधर देशहरूले यस्तो प्रयास गरिरहेका बेला राजकुमार सलमानले अमेरिकाको प्रतिस्पर्धी मानिने चीनको भ्रमण गर्नुभएको हो । यसलाई कूटनीतिक क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

वि.सं.२०७५ फागुन ११ शनिवार १२:५३ मा प्रकाशित

Himalayan Life AD
‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

दुबई, संयुक्त अरब इमिरेट्स। इरानका राष्ट्रपति मासउद पेजÞेश्कियनले देशका विदेशमन्त्रीलाई...