back

 एनआरएन कोलोराडो च्याप्टरको अध्यक्षमा कुमारजंग कार्कीको उमेद्धारी घोषणा

वि.सं.२०७५ फागुन १२ आइतवार

345 

shares
GLOBAL IME AD
NTC AD

१२ फागुन, कोलोराडो, अमेरीका । एनआरएन कोलोराडो च्याप्टरको आगामी निर्वाचनको लागी बर्तमान उपाध्यक्ष कुमारजंग कार्कीले अध्यक्ष पदमा उमेद्धारी घोषणा गरेका छन् ।
कोलोराडोमा १५ बर्ष अगाडी देखि स्थाई बसोबास गर्दै आएका कुमारजंगले आगामी मे महिनामा सम्पन्न हुन गईरहेको कोलोराडो च्याप्टरको निर्वाचनमा अध्यक्ष पदमा उमेद्धारी घोषणा गरेका हुन् । कोलोराडो च्याप्टरमा दुई कार्यकाल कामगरी अनुभव बटुलेका कार्की कोलोराडोमा परिचित रहेका छन् ।
नेपालीहरुको साझा संस्था नेपाली घरको उपाध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका सल्लाहकार सदस्य लगायत बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका कार्की एनआरएन हेल्पडेक्स कोलोराडो च्याप्टरका संस्थापक संयोजक हुन् । उनले आफु कोलोराडोमा प्रस्तावित नेपालीहरुको सामुदायिक भवन निर्माणकोलागी सकृय रुपमा लागीपर्ने, यस कर्मभुमीमा नेपालीहरुको हकहित र अधिकारकोलागी सबै संघ संस्थाहरु संग एकजुट भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । कार्कीले आफ्नो गतिविधी नेपाली समाजमा खुल्ला किताव सरह रहेको बताएका छन् ।
उनले यूवाको सकृय सहभागिता, अग्रजको मार्गदर्शन, समकालीनको उर्जाशील सहयोग र सुझावलाई आत्मासाथ गर्दै, सबै तह र तप्काका गैर आवासीय नेपालीहरुलाई गोलबन्द गरि हाम्रो एनआरएन, राम्रँे एनआरएन बनाउन अग्रशर रहने बताएका छन् । हामी भुतपुर्व नेपाली होईनौ “एक पटकको नेपाली सधैको नेपाली” हौ भन्ने मान्यतालाई ब्यावहारिक र कानुनी मान्यता स्थापितगर्न अझै आवाज बुलन्द गर्नुपर्ने उनको भनाई रहेको छ । भावी पुस्तालाई नेपाल संगको सम्बन्ध अटुट र ताजा बनाई राख्न एनआरएनले पुलको काम गरिरहनु पर्ने उनको मान्यता रहेको छ ।

प्रवासी नेपालीहरुका यस्ता अनेकौ मुद्धँहरुको किनारा लगाई यसलाई बिवाद रहित बनाउन च्याप्टर देखि केन्द्र सम्म सकृय भुमिका निभाउन यस गरिमामय संस्थाको कोलोराडो च्याप्टरमा अध्यक्ष पदको उमेद्धारी घोषणा गरेको उनले बताएका छन् । नेपालको ओखलढु¨ा जिल्लामा जन्मेका कुमारजंग कार्की सन् २००४ देखि कोलोराडोमा स्थाई बसोबास गर्दे आएका छन् ।
एनआरएनको निर्वाचन नजिकिए संगै कोलोराडो च्याप्टरका सचिव रामचन्द्र पन्त र बोर्डअफ डाईरेक्टर नवराज न्यौपानेले यसअघि नै अध्यक्ष पदको उमेद्धारी घोषणा गरिसकेका छन् । कोलोराडोमा आजिवन र साधारण गरि ३ सय भन्दा बढि सदस्य रहेका छन् ।

वि.सं.२०७५ फागुन १२ आइतवार १३:०५ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...