back

हिमपातका कारण घारमै मर्न थाले मौरी

वि.सं.२०७५ फागुन १२ आइतवार

624 

shares
GLOBAL IME AD
NTC AD

१२ फागुन, हुम्ला । हिमाली जिल्लामा हिउँदको दुई महीना लगातार हिमपात हुँदा चरन अभाव र चिसोका कारण जिल्लाका कृषकले पालेका मौरी मर्न थालेका छन् ।

स्थानीय जातका मौरी पालेर जीविकोपार्जन गरिरहेका कृषक मौरी मर्न थालेपछि चिन्तित बनेका छन् । दुई महीनायता जिल्लाका उच्च हिमाली क्षेत्रमा रहेको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका कृषकले पालेका मौरी घारभित्रै मरिरहेको मौरीपालक कृषक जय शाहीले बताए ।

अत्यधिक चिसो र हिमपातका कारण मौरीलाई चरन अभाव हुँदा घारभित्रै मर्न थालेको खार्पुनाथ गाउँपालिका–५ का कृषक रामजित भण्डारीले बताए । जिल्लाका कृषकले पालेको मौरी १०० बढी घारमा मरेको देखिएको उनले बताए ।

जिल्लामा दश वर्षयताकै चिसो र हिमपात भएकाले चरन अभाव भएर मौरी घारमै मरेको हुनसक्ने कृषकहरुले आशङ्का गरेका छन् । एक माना महको रु एक हजारदेखि एक हजार २०० सम्मको मूल्यमा बिक्री गर्ने गरेको मौरीपालक कृषक शाहीले बताए । मौरी घारमै मर्ने गर्नाले आफूहरुलाई निकै समस्या भएको उनको भनाइ थियो ।

वि.सं.२०७५ फागुन १२ आइतवार १५:४१ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...