back
CTIZAN AD

हिमपातका कारण घारमै मर्न थाले मौरी

वि.सं.२०७५ फागुन १२ आइतवार

957 

shares

१२ फागुन, हुम्ला । हिमाली जिल्लामा हिउँदको दुई महीना लगातार हिमपात हुँदा चरन अभाव र चिसोका कारण जिल्लाका कृषकले पालेका मौरी मर्न थालेका छन् ।

स्थानीय जातका मौरी पालेर जीविकोपार्जन गरिरहेका कृषक मौरी मर्न थालेपछि चिन्तित बनेका छन् । दुई महीनायता जिल्लाका उच्च हिमाली क्षेत्रमा रहेको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका कृषकले पालेका मौरी घारभित्रै मरिरहेको मौरीपालक कृषक जय शाहीले बताए ।

अत्यधिक चिसो र हिमपातका कारण मौरीलाई चरन अभाव हुँदा घारभित्रै मर्न थालेको खार्पुनाथ गाउँपालिका–५ का कृषक रामजित भण्डारीले बताए । जिल्लाका कृषकले पालेको मौरी १०० बढी घारमा मरेको देखिएको उनले बताए ।

जिल्लामा दश वर्षयताकै चिसो र हिमपात भएकाले चरन अभाव भएर मौरी घारमै मरेको हुनसक्ने कृषकहरुले आशङ्का गरेका छन् । एक माना महको रु एक हजारदेखि एक हजार २०० सम्मको मूल्यमा बिक्री गर्ने गरेको मौरीपालक कृषक शाहीले बताए । मौरी घारमै मर्ने गर्नाले आफूहरुलाई निकै समस्या भएको उनको भनाइ थियो ।

वि.सं.२०७५ फागुन १२ आइतवार १५:४१ मा प्रकाशित

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाकातर्फ जाँदै...

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा...

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता...

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका...

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख...