back

बेग्लाबेग्लै घटनामा दुईजनाको ज्यान गयो

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

180 

shares
NTC AD
Global IME AD

१८ कात्तिक,चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुमा दुई बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–७ मोतिनगरका चन्द्रराम ठाकुरको १८ वर्षीय छोरा सुनिल ठाकुरको सुरही नदीमा डुबेर मृत्यु भएको छ ।

बुधबार मोतीनगरमा तिहारको अवसरमा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गर्न सुरही नदीमा गएका सुनिलको पौडिन नसकेकाले ज्यान गएको हो । अत्यधिक पानी खाएको हुनाले उनको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । ठाकुरलाई बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा औषधि गराउने क्रममा राति नै मृत्यु भएको मृतकका बुबा चन्द्रराम ठाकुरले जानकारी दिनुभयो ।

यसैगरी, कपिलवस्तुको बलरामवापुर गाविस बडेगाव निवासी ऋषिराम यादवको १५ वर्षीया छोरी अन्जनी यादवले अन्धविश्वासका करण ज्यान गुमाएकी छिन् ।

अन्जनी बिरामी भएको १२ दिन भएको थियो । बिरामी भएको १२ दिन बित्दासमेत उनको परिवारले औषधि उपचारमा बेवास्ता गर्दै आएको थियो । आर्थिक अवस्था पनि राम्रै भएका ऋषिरामले समयमा उपचार गराउन नसकेपछि उनको छोरीको ज्यान गएको हो । औषधि गराए माता रिसाउनु हुन्छ भन्दै परिवार धर्मकर्ममा मात्र व्यस्त रहन्थ्यो ।

उनको परिवारले बिहानै उठेर नुहाई धुवाई गरी नीमको पातले हम्कने, झारफुक गर्नमै व्यस्त हुन्थे । अन्जनीको शरीरमा साना साना फोका निस्किएका थिए । मधेसमा शरीरमा फोका निस्कियो भने माताजी निस्किनु भएको छ भन्ने धार्मिक विश्वास अझै जरो गाडेर बसेको छ ।

शरीरमा फोका निस्कनु माताको सवार भएको भन्ने अन्धविश्वासले मधेसमा सयौँ बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ ।

कतै कुनै उपाय नलागेपछि अन्जनीका परिवारले अन्तिम समयमा उनलाई भैरहवा मेडिकल कलेजमा लगेका थिए । तर उनलाई अस्पताल लैजान ढिलो गरिएकाले उनको ज्यान बचाउन नसकेको डाक्टरले बताएका छन् । उनको बुधबार ज्यान गएको स्थानीयवासी निरहु यादवले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०४:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्ने प्रधानमन्त्रीको विश्वास

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा...

प्रधानमन्त्रीद्वारा स्वीच थिचेर नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’

प्रधानमन्त्रीद्वारा स्वीच थिचेर नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौँ । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको...

राप्रपाको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

राप्रपाको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीं (राप्रपा) बर्दियाका नगर कार्यसमितिका अध्यक्ष...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...