Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

हरेक चार दिनमा एक पत्रकारको हत्या: युनेस्को



१८  कात्तिक, पेरिस (फ्रान्स)। संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बुधबार सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला बर्षहरुमा विश्वमा हरेक साढेचार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ ।

पछिल्लो एक दशकमा विश्वभर ८२७ जना पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ ।

यसरी पत्रकारमाथि आक्रमण हुने गरेका घटनाहरु सिरिया, इराक, लिबियालगायतका अरब राज्यहरुमा बढी भएको तथ्याङ्कमा छ ।

अरबपछि पत्रकार बढी असुरक्षित मानिएका मुलुकहरुमा दक्षिण अमेरिका क्षेत्रका मुलुकहरु रहेको बुधबार युनेस्कोद्वारा सार्वजनिक ‘सेफ्टी अफ जर्नालिस्ट एन्ड डेन्जर अफ इम्प्युनिटी’ नामक युनेस्कोको प्रतिवेदनमा जनाइएको हो ।

सन् २००६ देखि सन् २०१५ सम्मका प्रतिवेदनले जनाएअनुसार गत दुई वर्षमा ५९ प्रतिशत घटना द्वन्द्वग्रस्त क्षेत्रमा भएका थिए ।

यो समयमा मारिएका २१३ जना पत्रकारमध्ये ७८ जना पत्रकार (३६.५ प्रतिशत) अरब मुलुकहरुमा मारिएका थिए ।

सम्भवतः पत्रकारमाथिको हिंसा पछिल्लो समय पश्चिमी युरोप तथा उत्तरी अमेरिकामा पनि बढेको देखिएका युनेस्कोले जनाएको छ ।

हरेक देशमा विदेशी पत्रकारको तुलनामा हत्या गरिने पत्रकारहरुमा स्वदेशी पत्रकारनै बढीरहने गरेको युनेस्कोको अध्ययनले देखाएको छ ।

सन् २०१५ मा अनलाइन पत्रकारिता गर्ने पत्रकारहरुमाथिको हिंसामा व्यापक वृद्धि भएको छ । सन् २०१४ को तुलनामा सन् २०१४ मा २१ जना बढी पत्रकार मारिएका छन् । यसरी मारिनेमा आधा सिरियाली अनलाइन पत्रिकासँग आवद्ध भएका पाइएको छ ।

महिला पत्रकारको तुलनामा मारिने पुरुष पत्रकार १० गुणा बढी भएको अर्थात् सन् २०१४÷१५ मा जम्मा १८ महिला पत्रकार मारिएका छन् भने १९५ पुरुष पत्रकारले हिंसाका कारण ज्यान गुमाएका छन् । रासस÷एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी