
बेलायतमा रहेका अवकाश प्राप्त भुपू गोर्खाहरुले आकस्मिक बैठक बसेका छन् ।
फेब्रअरी २२ मा अल्डसटको भेटघाट रेष्टरेन्टमा ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त बिट्रिस गोर्खा बिशेष उच्चपदका अफिसरहरू साथै अन्य रेन्कका गोर्खाहरूको आकस्मिक समिक्षा बैठक गरिएको हो ।
सो समिक्षा बैठकमा ८१ बर्षीय पूर्व १० गोर्खा राईफलका गोर्खा मेजर मान बहादुर राई लगायत भर्खर अवकास प्राप्त र अन्य २२ जना गोर्खा मेजरका साथै अन्य अफिसरहरूसहित ५० भन्दा बढी र अन्य रेन्कका समेत बाक्लो उपस्थिति रहेको थियो ।
उक्त बैठक रिटाएर लेप्टन कर्नेल याम राना र अन्य अफिसरको सहकार्यमा सम्पन्न भएको हो ।
बेलायत सरकारका रक्षा राज्यमन्त्री ल्याङकेष्टरको हालै नेपालमा भएको भ्रमण र भ्रमणका क्रममा राष्ट्रपति, परराष्ट्रमन्त्री लगायतका उच्चपदस्थहरुसँगको भेटमा गोर्खा सैनीकहरूको समान पेन्सनको समस्या समाधानका लागि दुईदेशबीच भएको उच्चस्तरीय वार्तामा के कस्ता कुराहरूमा छलफल र उपलब्धि भएका छन् भन्ने कुरामा छलफल गरिएको थियो ।
गोर्खाहरूको समान पेन्सन लगायत अन्य असमानताका बिषयमा बिशेष त बिट्रिस गोर्खा सत्याग्रह पहलमा नेपाल एम्बेसी लन्डण्नको संयोजकत्वमा सम्पूर्ण गोर्खा संगठनहरूको संयुक्त ऐक्यबद्धतासहित १३ वटा मागहरू जुन बेलायत अलपातीपार्लामेट कमिटीले दिएको सुझाव अनुरूप अहिले सम्मको प्रगति बिबरण र उनीहरु कत्तिको सचेत अवस्थामा रहेका छन् भन्ने विषयमा छलफल भएको थियो ।
दुई राष्ट्रबीच भएको उच्चस्तरीय वार्ताको बिषयमा भने बिट्रिस गोर्खा सत्याग्रह टिमका बेलायतमा रहेका पदाधिकारीहरू सँग जानकारी लिदै बिग्रेड अफ गोर्खाजका सबै गोर्खाहरूको ऐक्यबद्धता जनाउँदै कसरी अगाडि बढ्ने तथा कुन कुन तहबाट सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
जस्मा सत्याग्रह समितिबाट अभियन्ता योद्धा ज्ञानराज राई, उपसंयोजक सुर्य नेम्वाङ, माहासचिव श्रीमती सयन्द्र केसी, सहकोषाध्यक्ष श्रीमती बिष्णु गुरूङ रहेका थिए । सो अवसरमा ज्ञानराज राईबाट प्रगती बिबरण प्रस्तुत गर्दै सबैको ऐक्बद्धता आव्हान गरिएको थियो ।
त्यस्तै क्याप्टेन राजु गुरूङ, लेप्टन काजी शेर्पा, क्याप्टेन दिलकुमार राई, गोर्खा मेजर कुलबादुर थापा, लेप्टन श्रीप्रसाद लिम्बु, क्याप्टेन निर्मल गुरूङ, क्याप्टेन, कृष्ण गुरूङ, प्रकाश गुरूङ लगायतले बोल्ने क्रममा गोर्खाजको समस्या तथा अन्य समस्याका निम्ति गोर्खा सघ÷संस्थाहरू,गोर्खा भुतपूर्व सैनीक संगठन, बृट्रिस गोर्खा वेलफेयर सोशाईटी, नेसा सत्याग्रह तथा अन्य संघ÷सस्थाका नेतृत्व र पधादिकारीहरू साथै सबै सदस्यहरूलाई आ–आफ्नो ठाउँबाट गोर्खा जस्टिजको निम्ति पु¥याएको योगदानको कदर गर्दै आभार प्रकट गरिएको थियो । साथै यस्तो अवस्थामा सबै एक आपसमा ऐक्यबद्धता जनाउदै एक अर्काको बिचार र भावनाको सम्मान गर्दै आउदा दिनमा विशेषत समान पेन्शनको निम्ति सबैलाई चित्त बुझने तथा १९९७ साल पहिलाकालाई विशेषत (हङकङ, ब्रुनाई, सर्विसलाई) अन्य बिट्रिस आर्मीजस्तै अनिवार्यरुपमा कायम गरीयोस् भन्नेमा जोड दिनुपर्ने र कसैलाई काखा र पाखाको ब्यवहार नहोस् भन्ने कुरामा जोड दिनुपर्ने बताइएको थियो ।
त्यस्तै अहिले नै यसको निर्णय हुनुपर्ने बताउँदै भबिष्य भन्ने शब्द होईन कुनै मिती र समय तोकीयोस् भन्ने अडान राख्ने र यदी सत्याग्रहको माग र अलपाती पार्लायामेन्टको सुझाव अनुरूप नेपाल सरकार र बेलायत सरकारले चित्त नबुझाएमा सत्याग्रह पुन ः सुरु गर्ने पनि छलफलमा बताइएको थियो ।
बिसेष त नेपाल सरकारका सांसदहरू र सरकारसँग सहकार्य गरेर आन्दोलनका कार्यक्रमहरु अघि बढाउने तथा बिट्रिस सरकारलाई दवाब दिन यहाँका जनता सामु पुग्नलाई सबैले बिट्रिस लिजन, लोकल सांसद, भेट्रिरीयनहरूबाट सहयोग लिनका लागि कसरी प्रभावकारी कदम अगाडि बढाउने आजैदेखि आ–आफ्नो ठाउँबाट पहल गरिने पनि बताइएको थियो ।
अन्तमा सत्याग्रह समितिमा सहभागी गोर्खा संघ÷सस्थाहरूलाई सूचना आदान प्रदान गर्नु अनुरोध गरेकोमा वहाहरूबाट सबै सूचना १३ बुँदेका डकुमेन्ट सबैलाई ईमेल मार्फत् पठाउने बताइएको थियो ।
कार्यक्रमका संयोजक लेप्टन कर्नेल याम रानाले सबै भुपू गोर्खा अहीलेको मुद्दामा नेपाल र बेलायत सरकारले गोर्खाहरूबाटै बिज्ञसहितको कमिटी खडा गर्नुपर्ने बताउँदै गोर्खाहरूको असमान पेन्सन र अन्य मागमा नेपाल सरकारले प्रमुख भुमीका खेलोस् भन्ने अनुरोध गरिएको थियो ।
सरकारलाई आफ्नो राष्ट्र र जनताको निम्ती गम्भीर रहन अनुरोध गर्दै आफूहरु बौद्धिक,भौतिक,आर्थिक सहयोगका लागि तयार रहेको समेत बताएका थिए ।
छलफलमा सत्याग्रहको आन्दोलनको निम्ती पुन ः बैठक बस्ने बताउँदै बैठकको समाप्त गरिएको थियो ।
वि.सं.२०७५ फागुन १२ आइतवार १७:५९ मा प्रकाशित