back

८५ प्रतिशत विषादी तरकारीमा

वि.सं.२०७५ फागुन १३ सोमवार

321 

shares
GLOBAL IME AD
NTC AD

१३ फागुन, काठमाडौ । आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अग्र्यानिक खेती प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर बढेदै गएको छ ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ । वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ । विषादी प्रयोगको अवस्थाबारे प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रले दुई वर्ष लगाएर अध्ययन गरेको थियो ।

अध्ययनअनुसार बालीनालीमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग हुन्छ । तरकारीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुन्छ । कुल विषादीको ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुबेदीले बताए । सोमबारको अन्नपुर्ण पोस्ट दैनिकमा छेटु शेर्पाले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १३ सोमवार ०८:०० मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...