back
CTIZAN AD

सन्दर्भ : ‘आजाद’को स्मृति, अब हामी द्रुत गतिमा जान्छौँ : प्रधानमन्त्री

वि.सं.२०७५ फागुन १३ सोमवार

606 

shares

१३ फागुन काठमाडौ । गणतन्त्रका ल्याउन लडेका सिन्धुलीका ऋषिराज देवकोटा ‘आजाद’लाई भिमानको जङ्गलमा पञ्चायत सरकारले क्रूरतापूर्वक हत्या गरेको खबर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमै सुनेका थिए ।

उमेरले देवकोटाभन्दा आठ वर्ष कान्छा ओलीले शहीदलाई सम्झँदै आन्दोलनमा गोली लाग्न र मारिनबाट जोगिएको एक पात्रका रुपमा आफूलाई प्रस्तुत गर्र्दै भने, “हामी फो उब्रिएको को जिन्दगी बाँचेर आएकाहरु । मार्न लगिँदै गरेका ठाउँबाट बचेर आएका मान्छेहरु । यस्तो जिन्दगी बाँचेका हामीहरुलाई जनताले यति महत्वपूर्ण ठाउँमा पु¥याउँदा पनि शहीदका सपना साकार पार्न सकिएन भने त्योभन्दा दुःखको कुरा अर्को हुन सक्दैन ।”

शहीद देवकोटाले शहादत प्राप्त गरेको पनि ३८ वर्ष व्यतीत भइसकेको छ भने शहीदहरुकै सपनाको जग र जनताको सङ्घर्षबाट मुलुकले लोकतान्त्रिक गणतन्त्र प्राप्त गरी आजादहरुले नै हुर्र्काएको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकार छ ।

जनताको मतसहित शहीदको सपना पूरा गर्न समृद्धिको अठोट लिएर सरकारको नेतृत्व गरिरहेएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली शहीद ‘आजाद’ को ३८औँ स्मृति दिवसका अवसरमा आज सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा भावुक हुन पुगे । मञ्चमा शहीद देवकोटाकी धर्मपत्नी गोमा देवकोटा, पार्टीका अन्य नेताहरु, कार्यक्रम सञ्चालक शहीदपुत्र सुवास र सहभागीलाई साक्षी राखेर उनले थपे,“शहीदका सपना पूरा गर्न हाम्रा अगाडिका चुनौतीहरु छन् । भ्रष्ट आचारण र क्रियाकलाप रोकेर सुशासन प्राप्तिको दिशामा सरकार अघि बढेको छ । शान्ति र स्थायित्व निर्माण गरिनेछ ।”

प्रधानमन्त्री ओलीले साझा लक्ष्य र आदर्शबाट परिचित भए पनि देवकोटासँग प्रत्यक्ष भेटघाट हुन नपाएको उल्लेख गर्दै थपे “जनताका घरमा ताला लगाउनु नपरोस् । कसैले असुरक्षा महसुस नगरोस् । आफ्नो लाभ लिन खोज्दा अरूको नोक्सान नगरोस । त्यस प्रकारको सम्मान र थितियुक्त समाजको परिकल्पनासहित हामी अघि बढेका छौँ ।”

कानून कार्यान्वयनका संयन्त्रलाई प्रभावकारी र साधनस्रोत सम्पन्न बनाई कानूनको उल्लङ्घन भएमा नियन्त्रण गरी मुलुकमा सुशासन कायम गरिने बताउँदै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब शिक्षा र सचेततना वृद्धि गर्दै कानून तोड्नेलाई अपराधबमोजिम दण्डित गर्न साधनस्रोत र दक्षता विकास गरिने जनाए ।

“हामी चल्ते चलाते सरकार हुनका लागि तयार छैनौँ । समाजलाई खास दृष्टिकोण र योजनाका लागि विकास र समृद्ध हासिल गर्ने अभियानमा अग्रसर छौँ,” प्रधानमन्त्री ओलीले भने “हाम्रो अडानलाई देखेर तर्सिनेहरु तर्सन्छन् । सरकारलाई धारे हात लगाउँछन् । यो सरकार भ्रष्ट छैन र अरूलाई भ्रष्टाचार गर्न दिँदैन । जनतामा फिजाइएको भ्रम चिरिनेछ ।”

उनले भने,“लोकतन्त्र यत्तिकै फुत्त आएको होइन । राजतन्त्र सङ्घर्षको मैदानबाट ढलेको हो । लामो समय सङ्घर्षको मैदानमा बिताऔँ । बल्ल संविधान बनाएर विकासको मार्ग पहिल्याएका छौँ । अब हामी द्रुत गतिमा जान सक्छौँ ।”

सार्वभौमसत्ता सम्पन्न, स्वाधीन र स्वतन्त्र देशका रुपमा विश्वसामु नेपाललाई स्थापित गरी कसैका सामु शिर नझुकाई राष्ट्रिय एकतालाई थप सुदृढ गराउने प्रक्रियामा मुलुक अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिलाई मात्र लोकतन्त्रको परिभाषालाई सीमित नराखी यसलाई जनताको गरीबीबिनाको शासनका रुपमा रुपान्तरित गर्न सरकार अग्रसर भएको उल्लेख गरे ।
आजादजस्ता योद्धाको बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र अब परिवर्तनको आवाज उठाएबापत गिरफ्तार गरिने र मारिने अवस्था नभएको बताउँदै उहाँले भन्नुभयो, ¬“शहीदको बलिदान खेर गएको छैन । राजनीतिक मुद्दाको बाटो सकाएर अब आर्थिक रुपान्तरणको बाटोमा मुलुक अघि बढेको छ । धेरैको बलिदान र अङ्भङ्गपश्चात् यो परिवर्तन भएको हामीले बिर्सन हुँदैन ।”

उनले मान्छेले घर, परिवार छाडेर निरङ्कुश राजतन्त्रको विरोधमा परिवर्तनका लागि होमिएकाले प्राप्त उपलब्धिको रक्षा र शहीदको सपना साकार पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।
“आजादले अभावका बीचमा पनि सङ्घर्षमयी जीवन बिताए । यस्तो जिन्दगी फेरि आउने पुस्ताले झेल्नु नपरोस भनेर उनले सङ्घर्ष गरे । आजाद आदर्शवान् र बहुआयामित बाटो नबिराउने पथप्रदर्शक थिए ।” ‘शहिद ऋषिराज देवकोटा ‘आजाद’ ः नेपाली क्रान्तिका अभिमन्यु¬’ नामक स्मृतिग्रन्थको लोकार्पणपछि प्रधानमन्त्री ओलीले त्यस्तो आदर्श अहिलेका कतिपय क्रान्तिकारीहरुमा नपाउने सङ्केत गर्दै भन्नुभयो, “जनता भड्काउन वा चन्दा असुल्न बम पड्काउने नामको क्रान्तिकारी होइन उनी । उनी कामको क्रान्तिकारी हो ।”

आजादका सहयोद्धा उपप्रधानमन्त्री एवं रक्षामन्त्री र्ईश्वर पोखरेलले पनि आजाद विशिष्ट क्षमता, निष्ठा, दृढता र योग्यतायुक्त नेता भएको स्मरण गर्दै आधारभूत जनताको सम्बन्धमा अद्वितीय देखिने उनलाई अहिले पनि सिन्धुलीका पाका जनताले ¬‘ऋषि माड्साब¬’ भनेर सम्मानका साथ सम्झिने जनाए । देवकोटाको हत्या हुँदा सिन्धुलीमै रहनुभएका नेकपाका सचिवालय सदस्य पोखरेलले भने, “पार्टी र जनताका कुरालाई सर्वोपरि राखेर पारिवारिक कुरालाई गौण राख्ने देवकोटाका आदर्शलाई हामीले भुल्नु हुँदैन ।”

नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आदर्शको कुरा गरेर त्यसको विपरीत व्यवहार गरिएमा जनताले नरुचाउने जनाउँदै नेकपा र वर्तमान सरकारविरुद्ध घेराबन्दी गर्नेलाई जवाफ दिन देखिएका कमजोरी सुधारेर शहीदको सपना पूरा गर्न लाग्नुपर्ने बताए । शहीद देवकोटाका धर्मपत्नी गोमा देवकाटाले अहिले पनि शहीदका सपना पूर्णरुपमा पूरा हुन नसकेको दुःखेसो गरे ।

कूल २५४ पृष्ठको स्मृतिग्रन्थमा विभिन्न व्यक्तिका ४२ वटा संस्मरण, आजादका पाँच रचना र दस्तावेज, आठ वटा गीत र चार वटा उनका नाममा लेखिएका सिर्जना समावेश छन् । ग्रन्थको सम्पादन गोविन्द गजुरेल र विवश वस्तीले गरेका हुन् । ग्रन्थमा प्रधानमन्त्री ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री पोखरेल, कम्युनिष्ट नेताहरु मोहनविक्रम सिंह, निर्मल लामालगायतका स्मरण छन् । विसं २००० मा जन्मनुभएका आजादलाई २०३७ साल फागुन १० गते तत्कालीन प्रहरी प्रशासनले गिरफ्तार गरी भिमानको जङ्गलमा लगेर हत्या गरेको थियो ।

वि.सं.२०७५ फागुन १३ सोमवार ०९:२५ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...