back

बुवलको फेन्सी पसलमा आगलागी हुदाँ एक करोडको क्षति

वि.सं.२०७५ फागुन १३ सोमवार

357 

shares
GLOBAL IME AD
NTC AD

१३ फागुन, बुटवल । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब एक करोडको क्षति भएको छ ।

आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अनुमानमा रु एक करोड बढीको नोक्सान भएको प्रहरीले जनाएको छ ।

राति करीव १० बजेदेखि लागेको आगो मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

शङ्करप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिए ।

उक्त फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि उक्त पसलबाट नै आगलागी शुरु भएको प्रहरीको अनुमान छ । पसलमा रहेको विद्युत् लाइन सर्ट हुनाले आगलागी सोही पसलबाट शुरु भएको हो ।
बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो ।

वि.सं.२०७५ फागुन १३ सोमवार ०९:४२ मा प्रकाशित

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी...

अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

मध्यविन्दु (नवलपरासी) । यहाँको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा...

बाढीले एक सातादेखि पूर्णरुपमा अवरुद्ध गल्फागाड श्रीनगर सडक आजदेखि सुचारु

बाढीले एक सातादेखि पूर्णरुपमा अवरुद्ध गल्फागाड श्रीनगर सडक आजदेखि सुचारु

अदानचुली(हुम्ला) । बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा...