back

विमान अपहरण प्रयास विफल पारेको बङ्गलादेशी अधिकारीको दाबी

वि.सं.२०७५ फागुन १३ सोमवार

408 

shares
GLOBAL IME AD
NTC AD

१३ फागुन, ढाका, बङ्गलादेश ।  बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् ।

आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ ।

बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अधिकारीका अनुसार बीजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको छ ।

ढाकाबाट दुबईका लागि उडेको करिब दुई घण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको आईएसपीआर स्रोतले जनाएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा रहेका सबै यात्रुहरूलाई सुरक्षितरूपमा विमानबाट बाहिर निकालिसकिएको एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वालाई बताए ।

उनले भने, “जहाज अपहरण गर्ने प्रयास भएको हामीलाई थाहा भएको छ ।” तर यसबारे विस्तृत विवरण बाहिर आइसकेको छैन । विमान अपहरणबारे आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त भएको छैन ।

शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराइएपछि विमानस्थललाई सम्पूर्णरूपमा खाली गरी सुरक्षाकर्मीको घेरामा राखिएको छ ।

“अहिले सबैकुरा नियन्त्रणभित्र आइसकेको छ,” आईएसपीआरका अधिकारीले बताए ।

विमान अपहरण गर्न खोज्ने व्यक्तिलाई अहिले सुरक्षा नियन्त्रणमा लिइएको बताइएको छ ।

वि.सं.२०७५ फागुन १३ सोमवार ११:३६ मा प्रकाशित

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...