
१३ फागुन । अमेरीकाको सीकागोमा जन्मीएका बाल्ट डिज्नी अहिले सम्म सबैभन्दा धेरै पटक ओष्कार अर्वाड जित्ने व्यक्ति हुन् । सन् १९३७ बाट फिल्म मेकीङ्ग सुरु गरेका डिज्नीको उचाइ यती अग्लो भइसकेको छ की उनले कायम गरेको सबैभन्दा धेरै पटक ओष्कार अवार्ड जित्ने रेकर्ड तत्काल तोड्न समेत सम्भव छैन् ।
उनले यो उचाई निर्माण गर्न भने धेरै कठिन पापड बेलेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । कहिले आफ्नै जन्मदिने बाबुको चुटाई र कहिले सहनिर्मातहरुले दिएको धोकाको घुट्को निल्दै डिज्नी सबैभन्दा धेरैपटक ओष्कार मा नेमीनेसन हुने व्यक्ति समेत भएका हुन् । उनी ५९ पटक ओष्कारमा मनोनित भएको सन्चार माध्यमहरुले जनाएका छन् ।
डिजनीको नेपाल साइनो
प्रिय पाठकहरु कति जना त कार्टुन हेरेरै हुर्किनु भएको होला । यदि आफुले कार्टुन हेर्न नपाउनु भएको भएपनि तपाईका साना नानीहरु भने अवस्य कार्टुनमा झुन्डी रहेका होलान् । हो तिनै साना नानीहरुलाई कार्टुनमा आकर्षित गर्ने डिज्नी नै हुन् । उनले बनाएको ‘मीक्की माउस’ नामक कार्टुन तपाईका नानीहरुको सबैभन्दा लोकप्रिय कार्टुन हो । उनी धेरै नेपालीसँग सोही कार्टुन मार्फत जोडिएका छन् ।
वि.सं.२०७५ फागुन १३ सोमवार १४:०३ मा प्रकाशित