back
CTIZAN AD

बधशाला निर्माणलाई गुरुयोजनाका रुपमा सरकारले अगाडि बढाउने

वि.सं.२०७५ फागुन १३ सोमवार

630 

shares

१३ फागुन, खस्यौली । बुटवलमा निर्माणाधीन पशु बधशाला स्थानीय र प्रदेश सरकारको सहकार्यमा गुरुयोजना बनाएर अगाडि बढाइने भएको छ ।
बुटवल उपमहानगरपालिका–१०, रामनगरमा बनिरहेको बधशालाको तत्कालै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिने जनाइएको छ । गुरुयोजनाका बारेमा छलफल गर्न आज भएको सर्वपक्षीय समितिको बैठकले क्रमागत रुपमा बहुवर्षीय परियोजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

बधशालाका लागि चालू आवमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु एक करोड ९७ लाख ५० हजार विनियोजन गरेको छ भने उपमहानगरपालिकाले रु ८० लाख विनियोजन गरेको छ । उक्त बजेटबाट पूर्वाधार निर्माणको काम सञ्चालनका लागि डिपिआर तथा गुरुयोजना बनाउन लागिएको बधशाला निर्माण समितिका सहसंयोजक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

एउटा टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको बधशालालाई उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी–उत्पादकको साझेदारी मोडलबाट सञ्चालन गर्न लागिएको छ । सो कामका लागि हेफर इन्टरनेशनलले सहकार्य गरिरहेको छ ।

बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले दीर्घकालीन योजनाका आधारमा काम अगाडि बढाउन प्रदेश सरकार तयार रहेको भन्दै विस्तृत परियोजना प्रतिवेदन पछि बजेटका बारेमा थप छलफल गर्नुपर्ने बताए । उनले किसान, सहकारी र निजी क्षेत्रले देखाएको सहकार्यको तत्परताले आफूहरुलाई खुशी लागेको उल्लेख गर्दै सबैको सहकार्यमा नै दिगो र टिकाउ काम गर्न सकिने विश्वास व्यक्त गरे ।

बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न चाहिने आर्थिक स्रोत स्थानीय, प्रदेश, सङ्घीय सरकारका अतिरिक्त निजी र सहकारी क्षेत्रबाट जुटाइने समितिका सदस्य तथा हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले बताए ।

मन्त्रालयका पशुपन्छी महाशाखा प्रमुख डा प्रदीप शर्मा, पायोनियर ल एशोसिएशनका इन्जिनीयर नारायण चौलागाइँ, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख देवनारायण सापकोटा, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, योजना प्रमुख इञ्जिनीयर सुमन श्रेष्ठ तथा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्बू लामा, झवीन्द्र बञ्जाडे, हेफरका कार्यक्रम निर्देशक अनन्त सिलवाल लगायतले आधुनिक बधशाला निर्माणका लागि सहकार्यको अवधारणा राम्रो रहेको बताए । आधुनिक बधशाला निर्माणका लागि जग्गाबाहेक कम्तीमा रु १५ करोड लागत लाग्ने अनुमान छ ।

वि.सं.२०७५ फागुन १३ सोमवार १८:१५ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...