back

धार्मिक अनुष्ठान गरी यात्रा ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गरिने

वि.सं.२०७५ फागुन १३ सोमवार

408 

shares
GLOBAL IME AD
NTC AD

बनियानी, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही फागुन १५ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सञ्चालन गर्ने भएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी १५ दिने अभियानबारे पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए । “ताप्लेजुङको पाथीभरा मन्दिरमा धार्मिक अनुष्ठान गरी यात्रा शुभारम्भ गरिनेछ”, उनले भने, “अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिनेछ ।”

पहिलो चरणको अभियान ताप्लेजुङबाट शुरु भई सुर्खेत, कैलाली, कञ्चनपुर हुँदै काठमाडौँमा समापन गरिने पार्टीले जनाएको छ । यात्राका क्रममा २५० भन्दा बढी सभा सम्मेलन गरिने महामन्त्री लिङ्देनले बताए । “हाल यो यात्रा ३६ जिल्लामा दुई हजार ८०७ किलोमिटरको हुनेछ”, उनले बताए । यात्राका क्रममा प्रत्येक दिन यात्रा प्रारम्भ र विश्राम धार्मिक अनुष्ठान हुनेछ भने यात्रामा सनातन धर्म, परम्परा, संस्कृति एवम् राष्ट्रियता झल्किने झाँकी प्रदर्शन गरिने जनाइएको छ ।

वि.सं.२०७५ फागुन १३ सोमवार १८:५७ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...