
१४ फागुन, काठमाण्डौं । निजी क्षेत्रका उद्यमी व्यवसायीको सबैभन्दा ठूलो संजाल रहेको नेपाल उद्योग वाणिज्य महासंघभित्र आर्थिक अनियमितता र अपारदर्शीताको फेहरिस्त सहित कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका छन् । केही समय अघि मौखिक रुपमा राजीनामा घोषणा गरेपनि कोषाध्यक्ष प्रधानले सोमबार महासंघ कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन् ।
कोषाध्यक्षका रुपमा महासंघको नेतृत्वसँग पारदर्शी र जवाफदेशी प्रणाली विकासका लागि प्रयास गरेको भएपनि खर्चप्रणालीमा पारदर्शीता कायम गर्न नसकेपछि महासंघबाट बाहिरीएको उनले बताएका छन् । गत महिना कोषाध्यक्ष प्रधानले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा भएको अनियमितता सम्बन्धमा पत्रकारसँग गरेको गोप्य कुराकानीको अडियो रेर्कड महासंघकी अध्यक्ष भवानी राणाले बैठकमा सुनाएर प्रधानलाई राजीनामा गर्न नैतिक दवाव सिर्जना गरेको महासंघ स्रोत बताउँछन । मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७५ फागुन १४ मंगलवार ०८:०१ मा प्रकाशित





























