back

हावाबाट बिजुली, उज्यालिँदै गाउँबस्ती

वि.सं.२०७५ फागुन १४ मंगलवार

357 

shares
GLOBAL IME AD
NTC AD

१४ फागुन, पाल्पा । जिल्लाको निस्दी गाउँपालिका ४ मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत उत्पादन गरिएको छ । गाउँपालिका केन्द्र रुक्सेभन्ज्याङमा १ हजार २ सय वाट विद्युत उत्पादन गरिएको हो । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना देखाएपछि तीव्रता दिइएको छ ।

रुक्सेभन्ज्याङमा पीडा नेपालको प्रविधिक सहयोगका कापेक संस्थाले हावाबाट विद्युत निकाल्ने काम गरेको हो । यसका लागि तीन वर्षअघि काम सुरु भएको थियो । जसमा जर्मनीको विसिन्सले समेत सहयोग पुर्याएको छ । आठ लाख रुपैयाँ लगानीमा हावाबाट बिजुली निकालिएको हो । १ हजार २ सय वाट विद्युतमध्ये ६ सय वाट हावाबाट र ६ सय वाट सौर्य ऊर्जाबाट निकालिएको हो । यो योजना कम्तीमा पनि पाँच वर्षसम्म सन्चालन हुनेछ । मंगलबारको नागरिक दैनिकमा मुक्तिप्रसाद न्यौपानेले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०८:३० मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...