back

युएईमा हुने पर्वतेहरुको कुम्भ भेलाको तयारी पुरा

वि.सं.२०७५ फागुन १४ मंगलवार

405 

shares
GLOBAL IME AD
NTC AD


‘आजको आबस्यकता, प्रबासी प्रबतेलीहरुको एकता र समुन्नत समाज, सम्वृद्धि पर्बत निर्माण हाम्रो अभियान’ नारा सहित सम्पन्न हुने अन्तरास्ट्रिय पर्बत समाजको बृहत भेलाको तयारी पुरा भएको बताइएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजका सचिव मणि भुर्तेलले कार्यक्रमको पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन् । २८ फेब्रुअरी २०१९ र १ मार्च २०१९ तारिखमा युएइमा हुने उक्त बृहत भेला २ दिन सम्म चल्ने छ ।

कार्यक्रम तयारीकै क्रममा आज अर्थात् फेब्रुअरी २६ मा युरोप टोलि पुग्दै छन् भने २७ फेबु्अरीमा नेपालबाट पैयुँ गाउँपालिका र जलजला गाउँपालिका अध्यक्ष, जल्जले नगरपालिकाकाका मेयर, फलेवास नगरपालिकाका मेयर, उपमेयर र पन्चासे टिम पुग्ने जानकारी सचिव भूर्तेलले दिएका छन् ।

कार्यक्रममा राष्ट्रियस्तरमा ख्यातीप्राप्त गायक बिमलराज क्षेत्री, कुलेन्द्र वि क, कृष्ण समिप सुबेदी र सुस्मा लोहनीको सहभागिता रहने बताइएको छ । त्यस्तै अन्तरास्ट्रिय पर्बत समाजका सदस्य सस्था ९ र प्रतिनिधि सस्था १४ गरि २३ देशका पवतेहरुका साथै संस्थाका केन्द्रिय संरक्षक, सल्लाहकार र केन्द्रिय समितिको उल्लेखय उपस्थिति रहने बताइएको छ । साथै नेपालबाट जनप्रतिनिधी, व्यवसायी, पत्रकार लगायत पञ्चासे परियोजनाको टिमको समेत सहभागिता हुने कार्यक्रम छ ।

कलाकारहरु बिमल राज क्षेत्रि, कुलेंद्र बि क, कृष्ण समिप सुबेदी, सुस्मा लोहनी, बिक्रम पौडेल, नरेन सापकोटा लागयतका युएइमा कर्मथलो बनाएका पर्वते वा गैरपर्वतेसहित झन्डै दर्जन कलाकारको सहभागिता रहने बताइएको छ । कार्यक्रममा पर्वतवाट निर्वाचित जनप्रतिनिधी,विभिन्न क्षेत्रमा क्रियाशिल एवम् बौद्धिक व्यक्तिहरुको सहभागिता रहने छ ।

गुणराज शर्मा पौडेल महासचिब उल्लेखित विषयलाई छलफलमा राख्दै कार्यन्वयन गर्न सहज र दृढ प्रतिबद्धताको लागि सस्थाका महासचिब गुणराज शर्मा पौडेल, सचिब सागर सुबेदी, सचिब सुजन जोशी, सचिब मणिप्रसाद भुर्तेलको टिम रहेको बताइएको छ ।

कार्यक्रममा निम्न विषयमा छलफल हुने बताइएको छ
१) बिस्वभरि रहेका पर्बतेलीको अबस्था
२) मध्य पूर्वमा रहेका पर्वतेलि वा नेपालीहरुको समस्या र निराकरणमा पहल
३) सस्थाले १ बर्षमा गरेका कामको समिक्षा
४) सस्थाले आगामी बर्षका लागि गर्ने कार्यको कार्य तर्जुमा
५) वैदेशिक रोजगारमा रहेका पर्वतेका लागि सामाजिक सुरक्षा कोष स्थापना गर्ने
६) स्वास्थ्य, शिक्षा, कृषि एब पर्यटनमा कसरी लगानी गर्ने
७) खाडी मुलुकमा रहेका महिला कामदारको श्रमस्वीकृति तथा पुन श्रमस्वीकृतिमा अल्झन नराख्न नेपाल सरकारसँग पहल गर्ने
८) पर्बत जिल्लाभरि मेडिकल इन्सोरेन्सको ब्यबस्था गर्न पहल गर्ने
९)  पर्बत जिल्लाबाट बसाइ सराइलाई रोक्न पहल गर्ने, लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सचिव भूर्तेलले कार्यक्रमले पर्वतको समृद्धि र विकासको अभियानमा इट्टा थप्ने विश्वास व्यक्त गरे । युरोप, अमेरिका, जापान, मध्यपूर्वका देशबाट पर्बत समाज एवम् एनआरएनका प्रभुत्व व्यक्तिहरुको उपस्थिति रहने यस्तो भेलालाई अर्थपुर्ण रुपमा हेर्ने गरिएको छ ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १०:५४ मा प्रकाशित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...