
१४ फागुन । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाका Deputy Assistant Secretary of Defense (DASD) Mr. Joseph Felter ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र Mr. Felter बीच बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो । सोही क्रममा Mr. Felter ले शान्ति सेनामा नेपाली सेनाले पुर्याएको योगदानको खुलेर प्रशंसा गर्दै शान्ति सेना कार्यमा नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने र नेपाली सेनाको दैविप्रकोप उद्धार कार्य क्षमतालाई अभिबृद्धि गर्न सहकार्य र सहयोग समेत गर्ने बताएका थिए ।
वि.सं.२०७५ फागुन १४ मंगलवार ११:४९ मा प्रकाशित






























