
१४ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरेको डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी आवश्यकताको सूचना सार्वजनिक गरेको छ ।
वरिष्ठ अधिकृत १, अधिकृत ८, सहायक अधिकृत ९, वरिष्ठ कार्यक्रम सहायक ९ र रिसेप्सनिष्ट १ गरी जम्मा २८ जना कर्मचारीका लागि आवेदन खुल्ला गरेको सूचनामा जनाइएको छ । वित्तिय संस्थामा अनुभव भएका इच्छुक तथा अनुभवी व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्नेछन् । आवेदन आजको दिनबाट १५ दिनभित्र भर्नुपर्नेछ ।
वि.सं.२०७५ फागुन १४ मंगलवार ११:४४ मा प्रकाशित