
१४ फागुन, काठमाडौँ । प्रदेश नं ५ का कृषकहरुलाई लागि महत्वपूर्ण सूचना सार्वजनिक भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीले प्रदेश ५ का कृषकका लागि विभिन्न कार्यक्रमको नाममा प्रस्ताव आह्वान गरेको छ ।
प्रदेश ५ अन्तर्गतका २२ जिल्लामा लागू हुने उक्त कार्यक्रमहरु ५ प्रतिशत अनुदानमा सञ्चालन गर्नुपर्ने भएकाले इच्छुक नीजि उद्यमी, सहकारी संस्था र व्यवसायीक फार्महरुले ३० दिनभित्र आवेदनका लागि फार्म भर्नुपर्ने हुन्छ । मन्त्रालयले माग गरेको ढाँचामा प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।
वि.सं.२०७५ फागुन १४ मंगलवार १३:२० मा प्रकाशित