back

‘सडकमा दूध पोख्ने र तरकारीमा डोजर लगाउने अवस्थाको अन्त्य हुनेछ’

वि.सं.२०७५ फागुन १४ मंगलवार

414 

shares
GLOBAL IME AD
NTC AD

१४ फागुन, काठमाडौँ । किसानले सडकमा दूध पोख्नुपर्ने र खेतीमा डोजर लगाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम गरिरहेको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानले उत्पादन गरेका दूध र तरकारीको बजार व्यवस्थापनका लागि देशैभरि भण्डारण गृह र सङ्कलन केन्द्र स्थापनाका लागि योजनाबद्ध प्रयास गरिएको जानकारी दिए ।

हालै मात्र झापाका किसानले दूध बिक्री नभएको भन्दै सडकमा पोख्नुपरेको थियो । यस्तै चितवनका किसानले आफूले लगाएको तरकारी बिक्री नभएपछि डोजर लगाउनुपरेको थियो । दूध पोख्ने अवस्थाको अन्त्यका लागि पाउडर दूध उत्पादनका लागि देशका विभिन्न स्थानमा कारखाना चलाइएको र निजी क्षेत्रलाई समेत त्यसमा सहभागी गराइएको उनले बताए ।

“मुलुक कृषिप्रधान भए पनि कृषि उपजको आयात बढी भएको र विप्रेषणबाट प्राप्त भएको रकम खाद्यान्नका लागि खर्च गर्नुपर्ने अवस्था छ, अब किसानले आफ्ना उत्पादन खेर फाल्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुनेछ ”, मन्त्री खनालको भनाइ थियो ।

कृषि उत्पादन दोब्बर बनाउने कार्ययोजनाका साथ काम भइरहेको जानकारी दिँदै उनले मन्त्रालयको स्रोत साधनअनुसार सिँचाइ मल र बीउ उपलब्ध गराउने तथा बाँझो जमीनको समस्या समाधान गर्ने र श्रम शक्ति पलायन हुनबाट रोक्ने प्रयास गरिएको उल्लेख गरे ।

प्रधानमन्त्री कृषि आधुनिक कृषि परियोजनालाई तीनै तहका सरकारसँग जोडेर काम अगाडि बढाइएको जानकारी दिँदै मन्त्री खनालले मासुजन्य, फलफूल, चामल, तेल, गहुँ तेलहन बढी आयात भइरहेकाले त्यसलाई केही वर्षभित्रै आत्मनिर्भर बनाइने विश्वास दिलाए । कृषिमा अनुदान बढाउन सकिन्छ कि भनेर छलफल भइरहेको उल्लेख गर्दै मन्त्री खनालले योगदानमा आधारित राहत, किसान परिचयपत्र र मलको व्यवस्था गराउन लागिएको उल्लेख गरे ।

यस्तै उखु किसानलाई सरकारले दिने भनेर निर्णय गरिएको समर्थन मूल्य प्राप्त नभएको भन्ने गुनासो सम्बोधन गरिने र कुनै पनि समस्या आउन नदिइने बताए । मन्त्री खनालले गहुँको समर्थन मूल्य तोकिएको र आगामी वर्षका लागि धानको समेत चैतभित्रै समर्थन मूल्य तोकिने जानकारी दिए ।
बैठकमा सांसद राधेश्याम अधिकारी, रामनारायण बिंडारी, ठगेन्द्रप्रकाश पुरी अनिता देवकोटा, प्रकाश पन्थ, शेरबहादुर कुँवर, बद्री पाण्डे, विमला राई, तारादेवी भट्ट, कमलाकुमारी ओली, मुक्ताकुमारी यादव र रमेशप्रसाद यादवले कृषि क्षेत्रमा सरकारले उपलब्ध गराएको अनुदान तथा नयाँ नीति र योजनाका बारेमा मन्त्री खनालसँग जिज्ञासा राखेका थिए ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १६:०० मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...