back
CTIZAN AD

पाँचखालका किसानद्धारा तरकारीको मूल्य तोक्न माग

वि.सं.२०७५ फागुन १४ मंगलवार

729 

shares

१४ फागुन, बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका किसानले आफूहरुले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको भन्दै सरकारले नै मूल्य तोक्नुपर्ने माग गरेका छन् ।

नगरपालिकाका–७ श्रीरामपाटीका किसान बद्रीप्रसाद ढुङ्गानाले किसानले उत्पादन गरेको तरकारीको भाउ नपाएर बाटोमा फालिरहँदा समेत राज्य मौन रहेको बताए । स्थानीय सरकारले सहुलियत दरमा कृषि औजारको समेत व्यवस्था नगरेको उनको भनाइ छ ।

विसं २०६५ देखि निरन्तर १३२ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका ढुङ्गाना सुलभ ब्याजमा ऋण, किसानले सिधै कृषि संस्थानबाट मल लिन पाउनुपर्नेलगायतका विषयमा सरकारले व्यवस्था गर्नुपर्ने बताउँछन् । उनको खेतमा अहिले १० रोपनी जतिमा बन्दा, काउली १५ रोपनी र आलु ८० रोपनीमा खेती गरिरहेको बताए ।

सरकारले आफ्नो लगानी नपरेको कारण किसानले उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा वास्ता नगरेको किसानको भनाइ छ । पाँचखाल नगरपालिका–१२ नागबेलीका किसान इन्द्रप्रसाद भेटवालले आफूले फलाएको बन्दा प्रतिकिलो रु तीन÷चारमा बिक्री गर्नुपरेको बताए ।

उनले भने, “ठेकेदार आउँछन् भाउ नै छैन भन्दै सस्तोमा उठाएर लैजान्छन् ।” तरकारी खेती गरेर लगानीसमेत नउठ्ने अवस्थामा रहेको उनको भनाइ छ । “सरकारले यो तरकारीको मूल्य यति हो भनेर तोकिदिए कमसेकम चित्त बुझ्दो त हुन्थ्यो” उनले भने “किन्दाखेरी महँगो तिर्नुपर्छ, उत्पादन गर्दा भाउ नै पाउँदैन ।”

लगानी गरेर उत्पादन गरेको तरकारीले भाउ नपाएपछि खेर फाल्नुभन्दा जति आए पनि बिक्री गर्नै परेकाले व्यापारीकै मूल्यमा बेच्न बाध्य भएको उनको भनाइ छ । सोही ठाउँका अर्का किसान माधव उप्रेतीले तरकारीको भाउ नै टुङ्गो नभएकाले उनीहरुले जतिमा भन्यो त्यतिमा नै पठाउनुपर्ने बाध्यता भएको बताए ।

बीचका दलालले तलमाथि गर्न नसक्ने गरी सरकारले मूल्य तोकिदिए सबैको लागि समान खालको मूल्य हुने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ । नगरपालिकाका प्रमुख महेश खरेलले भने किसानको उत्पादनमा सहयोग गर्ने गरी काम गरिरहेको बताए ।

नगरपालिकाले अहिले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन आलु’ कार्यक्रमसँग समन्वय गरी तरकारी सङ्कलन केन्द्र खोल्दैछौँ, त्यसको लागि प्रक्रिया अगाडि बढिसकेको छ” खरेलले भने, “सङ्कलन केन्द्रको स्थापना भएपछि किसानको समस्याको समाधान केही भए पनि हल हुन्छ ।”

वि.सं.२०७५ फागुन १४ मंगलवार १६:२५ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...