back

रिब्दीकोट गाउँपालिकाको सह्रायिन काम, दूध उत्पादनमा अनुदान

वि.सं.२०७५ फागुन १४ मंगलवार

372 

shares
GLOBAL IME AD
NTC AD

१४ फागुन, पाल्पा । दूध उत्पादन गर्ने व्यवसायको प्रवद्र्धनका लागि रिब्दीकोट गाउँपालिकाले प्रोत्साहनस्वरुप अनुदान वितरण गर्न थालेको छ ।

जीविकोपार्जनमुखी दूध उत्पादन कार्यलाई निरुसाहित गरी यसलाई व्यावसायिक बनाउन स्थानीय सरकारले प्रतिलिटर दूधमा एक रुपैयाँँ अनुदानको व्यवस्था ल्याएको हो ।

दूध सङ्कलन गर्ने सहकारी संस्थामार्फत किसानलाई अनुदान वितरण गर्न थालेको हो । अनुदान पाउनका लागि रिब्दीकोट गाउँपालिका क्षेत्रभित्र बसोवास गरी दूध उत्पादन कार्यमा संलग्न हुनुपर्नेछ । सहकारीले दूधको कारोबार गर्ने किसानको अनुदान माग गरेपछि प्रत्येक चौमासिकमा गाउँपालिकाले अनुदान दिन थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले बताए ।

दैनिक एक हजार २०५ लिटर दूधको कारोबार सहकारीमार्फत हुदैँआएको छ । गाउँपालिकाले सहकारीलाई दैनिक एक हजार २०५ रुपैयाँँ अनुदान दिने गरी सहकारीसँग सम्झौता गरेको छ । किसानलाई अनुदान दिन थालेपछि दूध उत्पादन र दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि हुने लक्ष्य गाउँपालिकाको छ ।

गाउँपालिका क्षेत्रभित्रका २१८ किसान दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध छन् । दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले अनुदान पाउनेछन् । दूध उत्पादनमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले अनुदानको व्यवस्था ल्याएको हो ।

कृषि तथा पशुपालन व्यवसायमा अझै पनि शिक्षित वर्ग आकर्षित हुनसकेको छैन । गाउँपालिकाले सहकारीमार्फत दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दूधमा एक रुपैयाँँ अनुदानको व्यवस्था ल्याएको गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए । दूधमा अनुदानसँगै पशुपालन व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्ने विश्वास गाउँपालिकाको छ ।

सहकारी मापदण्डअनुसार सञ्चालित दुग्ध उत्पादक सहकारी संस्था राधाकृष्ण, दुग्ध उत्पादक सहकारी संस्था मसुरे, डुमे्र दुग्ध उत्पादक सहकारी संस्था डुमे्र, देवीस्थान दुग्ध उत्पादक सहकारी संस्था देउराली, ख्याहा दुग्ध उत्पादक सहकारी संस्था ख्याहा, किसान दुग्ध उत्पादक सहकारी संस्था खस्यौलीले दुग्ध उत्पादन गर्ने किसानको दूधको बजारीकरणका आधारमा अनुदान वितरण गर्छन् ।

दैनिक कम्तीमा ५० लिटर उत्पादन गरी वार्षिक २५० लिटरको कारोवार गर्ने, दैनिक दूध उत्पादित दूधको प्रशोधन गर्ने, दूध तथा दूधजन्य पदार्थको बेचबिखनको गर्ने लगायत काम सहकारीमार्फत हुने छ । अनुदानको कार्यक्रम सञ्चालन गर्ने सहकारीमा आवद्ध किसानले सबै पशुको बीमा गरेको हुनुपर्ने, किसानको फार्ममा जैविक सुरक्षाविधि अबलम्वन गरेको हुनुपर्ने छ ।

सहकारीको कारोबार गर्ने गरेको दूधको गुणस्तर न्यूनतम मापदण्डभित्र परेका सहकारीले अनुदानवितरण कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्थामा रही अनुदान कार्यक्रममा सहभागी बनेकोे गाउँपालिकाको पशुपक्षी समन्वय एकाइको दाबी छ ।

गाउँपालिकाले दूध उत्पादन क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाइ सो व्यवसायलाई प्रतिष्ठित एवं दिगो व्यवसाय बनाउन प्रोत्साहन गर्ने, अनुदानको सही, दक्ष र प्रभावकारी रुपमा वितरण, उपयोग र सदुपयोग गरौं, साना किसानको समेत दूध उत्पादन सङ्गठित बजारमा प्रवाह गर्ने उद्देश्यका साथ अनुदानको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

गाउँपालिकाभित्रका खस्यौली, देउराली, ठिमुरे, ख्याहालगायतका क्षेत्रमा व्यवसायिक दुग्ध उत्पादन हुदँैआएको छ । उन्नत जातका गाईभैँसीपालन गरी दूध उत्पादनले यस क्षेत्रका किसानको जीवनशैलीमा समेत सुधार ल्याएको छ ।

गाउँपालिकाको प्रतिबद्धता अनुरुप दूध उत्पादनमा आत्मनिर्भरको लक्ष्य पूरा गर्न सहयोग गर्नेगरी दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष जिसीले बताए ।

रिब्दीकोट गाउँपालिकाको गत पुस २४ र २६ गते सञ्चालित गाउँसभाले दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रम कार्यविधि २०७५ पास भएपछि किसानलाई अनुदान पाउने बाटो खुलेको हो ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १६:३२ मा प्रकाशित

मौरीपालक किसानको सङ्ख्या बढ्यो : मह उत्पादन घट्यो

मौरीपालक किसानको सङ्ख्या बढ्यो : मह उत्पादन घट्यो

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१...

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घर...

तटबन्ध नहुँदा बस्ती जोखिममा

तटबन्ध नहुँदा बस्ती जोखिममा

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च...

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

तानसेन (पाल्पा) । समयमै परेको पानीले नै किसानको मुहारमा खुसी...

बजार गएका प्रधानाध्यापक मृत भेटिए

बजार गएका प्रधानाध्यापक मृत भेटिए

मान्म (कालीकोट) । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक...

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको...