
पोर्चुगल । पोर्चुगलमा रहेका बाग्लुङ, बलेवाबासीहरुको समाज, बलेवा सेवा समाज पोर्चुगलको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
फेब्रअरी २४ का दिन सम्पाँ उक्त अधिबेशनले गंगा क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
त्यसैगरी समाजको उपाध्यक्षमा प्रशान्त श्रेष्ठ, महासचिवमा केदार पौडेल ‘के पि बलेवाली’, सचिवमा विजय क्षेत्री, कोषाध्यक्षमा शिव पौडेल र सदस्यहरुमा शिव अखेली, भिम खत्री, सुमन शर्मा ‘सगुन’ , प्रकाश गौतम ‘अशोक’, बिमल गौतम, अमृत अखेली, टुकानाथ रिजाल, विश्वास पाठक, सन्तोष रोका र अशोक खड्का रहेका छन् ।
अधिवेशनले प्रभात पौडेललाई समाजको प्रमुख सल्लाहकार तथा दयाराम सुवेदी, फुर्बान रायमाझी, किरण दीप र कबिराज रोकालाई सल्लाहकारमा चयन गरेको छ ।
कार्यक्रम उद्घाटन समारोहमा बोल्दै समाजका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि दयाराम सुवेदीले बलेवा सेवा समाज पहिले बनेको बागलुङ सेवा समाजजस्तो बिलय हुनुभन्दा अरु धेरै संस्थाले भन्दा फरक तरिकाले काम गरी एउटा नमूना संस्था बन्नुपर्ने बताएका थिए । अधिवेशनमा संस्थाका सल्लाहकारहरु प्रभात पौडेल, फुर्बान रायमाझी, कबिराज रोका, किरण दीपलगायतले मन्तव्य राखेका थिए ।
उपाध्यक्ष एकराज पौडेलको संस्थाको आवस्यकताबारे बताएका थिए । महासचिव केपी शर्माले प्रगति प्रतिवेदन पेश गर्दै समाजले कुनै संस्थाको कार्यक्रममा अतिथि बनेर मञ्च ओगट्न भन्दा पनि बलेवालीहरुबीच भाइचारा कायम राख्दै दुःख सुखमा सँगै सहयात्रा गर्न खोजिएकोले कसैलाई नडराउन र नआतिन आग्रह गरे । अध्यक्ष क्षेत्रीको अध्यक्षता, सचिव विजय केसीको स्वागत मतव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव शर्माले गरेका थिए ।
वि.सं.२०७५ फागुन १४ मंगलवार १७:४७ मा प्रकाशित






























