back

कबड्डी टोलीमा छानिए यी खेलाडीहरु

वि.सं.२०७५ फागुन १४ मंगलवार

477 

shares
GLOBAL IME AD
NTC AD


१४ फागुन, काठमाडौँ  । आठौँं राष्ट्रिय खेलकूद प्रतियोगितामा प्रदेश नं ३ बाट कबड्डीमा सहभागी हुने पुरुष तथा महिला टोली छनोट भएका छन् ।

समान १२–१२ पुरुष÷महिला टोली छनोट गरिएको प्रदेश ३ खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिए । आज भएको छनोटमा पुरुषमा मनोज नापित, रवि सैंजु, अजय मानन्धर, राजेन्द्र तामाङ, सविन वोहजु, विनय गोसाईं, रोहन तजले, सुरज अधिकारी, आशिष थिङ, मानसिंह गुरुङ, कुँवेर कार्की र प्रज्ज्वल श्रेष्ठ छन् ।

महिलातर्फ रविता दुवाल, पूजा दुवाल, रोशनी दुवाल, इशुदा गिरी, रोजिना खायमली, सृजली कोजु, सङ्गीता सुनुवार, सुस्मा मगर, सुस्मिता गुरुङ, कोपिला कार्की, भावना मगर र बविता पकुवाल छन् ।

टेबलटेनिस छनोट शुरु

आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं ३ को टेबलटेनिस छनोट आजदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकूद परिषद्का संयोजक सुदिल शाहीले टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलाई खेल सामग्री हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

प्रतियोगितामा १३ जिल्लाका ४१ पुरुष र २९ महिला खेलाडी सहभागी छन् । दुवैतर्फ सहभागीलाई आठ समूहमा बाँडेर लिग कम नकआउट आधारमा खेल खेलाइने छ । पाँच–पाँच पुरुष÷महिला खेलाडीले राष्ट्रिय खेलकूदमा सहभागिताको अवसर पाउने छन् । छनोट शुक्रबारसम्म चल्ने छ ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १९:३८ मा प्रकाशित

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप प्रतियोगिता...

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...